सिन्धुपाल्चोक । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उनीहरुको भनाइ छ ।
जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ, तर प्रकृति नरहे हामी रहन्नौँ’ नाराका साथ आयोजना गरेको उक्त सम्मेलनले ११बुदेँ घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।
पर्यटकीयस्थल नागीथाम डाँडामा गरिएको सम्मेलनमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत पुनलाल चौरसिया, पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याललगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए । जारी गरिएको उक्त घोषणापत्रमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई सरसफाइयुुक्त क्षेत्र घोषणा गरी फोहरमैलाको उचित व्यवस्थापन गरिने, सार्वजनिकस्थल तथा खोला खोल्सामा जथाभावी फोहर फाल्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिका क्षेत्रको पानीका मुहानको नक्साङ्कन गरी मुहान संरक्षणका गतिविधि सञ्चालन गर्ने तथा पानीका मुहान वरपर थप वृक्षरोपण गरी त्यस आसपासका रुख बिरुवा काट्न निषेध गरिने उल्लेख छ ।
सम्मेलनले गाउँपालिका क्षेत्रमा आउन सक्ने सम्भावित विपद् जोखिमको पूर्वमूल्याङ्कन गरी आवश्यक तयारीमा विशेष जोड दिने, विपद् जोखिम सचेतना कार्यक्रमलाई प्रभावकारी बनाई विपद्को समयमा शीघ्र उद्धार, राहत, पुनःनर्माण तथा पुुनःस्थापनाका खातिर गाउँपालिकास्तरीय संयन्त्रलाई चुस्त दुरुस्त र स्रोतसाधान सम्पन्न बनाइने, गाउँपालिकाभित्र रहेका सामुदायिक तथा कबुलियती वनको संस्थागत विकासमा जोड दिई वन क्षेत्रको विस्तार गरी हरियाली प्रवद्र्धनमा जोड दिइनेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।
सम्मेलनले जलवायु परिवर्तनका कारण याङ्ग्री, लार्के र इन्द्रावती नदीमा आएको गेग्रानसहितको बाढी पहिराबाट विस्थापित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, कृषि, वन र पर्यटनलाई जलवायु अनुकूलन र विपद् उत्थानशील योजनामा समावेश गरी यसका माध्यमबाट विपद प्रभावितका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी लैङ्गिक समतामा आधारित र जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न हामी सबै प्रतिबद्ध छौँ भन्ने सन्देश दिएको अध्यक्ष लामा बताउन्छन् । गाउँपालिकाका साथै लाङटाङ राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, आर्सो नेपाल र टिजिएच नेपालको साझा सहकार्यमा उक्त सम्मेलन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: