Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढी असर गर्नसक्ने भन्दै सबैजना सचेत र सजग रहनुपर्ने सरोकारवालाले बताएका छन् । विगतमा पनि विभिन्न विपद्का घटना हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनपर्ने उनीहरुको भनाइ छ । 

जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ, तर प्रकृति नरहे हामी रहन्नौँ’  नाराका साथ आयोजना गरेको उक्त सम्मेलनले ११बुदेँ घोषणापत्रसमेत सार्वजनिक गरेको छ । 

पर्यटकीयस्थल नागीथाम डाँडामा गरिएको सम्मेलनमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत पुनलाल चौरसिया, पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याललगायतले जलवायु परिवर्तन, यसले गरेका असर र मानव समुदायले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए । जारी गरिएको उक्त घोषणापत्रमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई सरसफाइयुुक्त क्षेत्र घोषणा गरी फोहरमैलाको उचित व्यवस्थापन गरिने, सार्वजनिकस्थल तथा खोला खोल्सामा जथाभावी फोहर फाल्ने कार्यलाई निरुत्साहित गर्ने, गाउँपालिका क्षेत्रको पानीका मुहानको नक्साङ्कन गरी मुहान संरक्षणका गतिविधि सञ्चालन गर्ने तथा पानीका मुहान वरपर थप वृक्षरोपण गरी त्यस आसपासका रुख बिरुवा काट्न निषेध गरिने उल्लेख छ ।

सम्मेलनले गाउँपालिका क्षेत्रमा आउन सक्ने सम्भावित विपद् जोखिमको पूर्वमूल्याङ्कन गरी आवश्यक तयारीमा विशेष जोड दिने, विपद् जोखिम सचेतना कार्यक्रमलाई प्रभावकारी बनाई विपद्को समयमा शीघ्र उद्धार, राहत, पुनःनर्माण तथा पुुनःस्थापनाका खातिर गाउँपालिकास्तरीय संयन्त्रलाई चुस्त दुरुस्त र स्रोतसाधान सम्पन्न बनाइने, गाउँपालिकाभित्र रहेका सामुदायिक तथा कबुलियती वनको संस्थागत विकासमा जोड दिई वन क्षेत्रको विस्तार गरी  हरियाली प्रवद्र्धनमा जोड दिइनेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।

सम्मेलनले जलवायु परिवर्तनका कारण याङ्ग्री, लार्के र इन्द्रावती नदीमा आएको गेग्रानसहितको बाढी पहिराबाट विस्थापित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, कृषि, वन र पर्यटनलाई जलवायु अनुकूलन र विपद् उत्थानशील योजनामा समावेश गरी यसका माध्यमबाट विपद प्रभावितका लागि स्थानीय सीप र प्रविधिको प्रयोग गरी लैङ्गिक समतामा आधारित र जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न हामी सबै प्रतिबद्ध छौँ भन्ने सन्देश दिएको अध्यक्ष लामा बताउन्छन् । गाउँपालिकाका साथै लाङटाङ राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, आर्सो नेपाल र टिजिएच नेपालको साझा सहकार्यमा उक्त सम्मेलन भएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending