Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा कमी

खबरडबली संवाददाता

बागलुङ । समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्र्याउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो ।

मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो । तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षमा १२ मुरी धान उत्पादन भएकामा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी मात्रै स्याहारेको बताउन्छन्।

केसी भन्न्छन्, “यसपाली धान निकै राम्रो भएको थियो, पोहोर परार सालकोभन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्याहार्ने बेला एक्कासी एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरि भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।”

अहिलेकोभन्दा अघिल्ला सालमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाए । “पहिलापहिला अहिलेकोभन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानुपथ्र्यो, अहिले त झन्, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो”, केसीले भने ।

स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे । उहाँले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताउनुभयो । असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गरे ।

सापकोटले भने, “यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो, बर्खाभरि दुःख गरेर धान लगाइयो, भित्र्याउने बेला पानीले खेतबरी बनाइयो दियो, यसपाली धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिँचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नुप¥यो ।

कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताए । उनले यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतभन्दा बढीले कमी आएको बताए। अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उनको भनाइ छ ।

“यस वर्ष धान राम्रो हुन्छ भन्ने अनुमान हामीहरुले गरेका थियौँ, किनकी समयमै वर्षा भएको थियो, त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलिकति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो”, प्रमुख भट्टराईले भने “जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो ।”

गत वर्ष जिल्लाभर पाँचभन्दा केही बढी हेक्टर क्षेत्रफलमा धान लगाइएकामा यस वर्ष छ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष १८ हजार छ सय ९० मेट्रिकटन धान उत्पादन भएको भट्टराईको भनाइ छ । तुलनात्मकरुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो । तर त्यसो हुन सकेन ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending