लुम्बिनी । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो ।
आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकामा यस पटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा रु २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो ।
कोरोना महामारीपछि थालिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । अहिले लुम्बिनी भ्रमणको मौषम समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यान्मा, भियतनाम र युरोपबाट समेत पर्यटक आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए।
लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार दुई सय पाँच आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट ३८ हजार ६ सय ८९, तेस्रो मुलुकबाट सात हजार चार सय ७३ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।
सन् २०२२ को नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट एक लाख ८८ हजार र भियतनाम, म्यान्मा, थाइल्यान्ड, श्रीलङ्कालगायत ८४ मुलुकबाट एक लाख ८१ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...
फाल्गुन २७ गते, २०८२ - १५:३७
काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू ...



प्रतिकृया लेख्नुहोस्: