काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताएका छन् । उनले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फर्छ्यौट गर्न थालिएको बताए ।
आज उच्च अदालत पोखरा बागलुङ इजलास भवनको यहाँ आयोजित शिलान्यास कार्यक्रममा उनले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताए ।
“न्यायालयमा केही समस्या नभएका होइनन् छन्, त्यसलाई बिस्तारै सुधार गर्न लागिएको छ, अहिले गोला प्रथाद्वारा न्याय सम्पादन भइरहेको छ, पाँच वर्ष बढीका मुद्दालाई तीव्र रुपमा फर्छ्यौट गर्ने कार्य भइरहेको छ”,कार्कीले भने– “अल्पकालीन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक हप्ताभित्रै ल्याएका छौँ, सामूहिक प्रयासमा मात्रै न्याय सम्पादन सहज बनाउन सकिन्छ ।”
उनले अदालतका पूर्वाधार गुणस्तरीय हुनुपर्नेमा जोड दिए । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन सात वर्षपछि पुनः निर्माण थालिएको हो । ३० महिनाभित्र अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी रु ५७ करोड ४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौंले ठेक्कामार्फत काम सुरु गरेको छ । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ ।
अदालतको भवन प्रविधि, अपाङ्गता, भूकम्प प्रतिरोधि बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवन भन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: