Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

निर्माण सुरु भएको छ वर्षपछि थली खण्डमा सडक कालोपत्र हुदै

खबरडबली संवाददाता

काठमाडौ । निर्माण सुरु भएको छ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ ।  चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा बर्षामा सडक प्रयोगकर्ता बर्षामा खाल्डै खाल्डाका कारण हैरान भएका थिए । 

सो खण्डमा आवश्यक तयारीका काम भइसकेकाले अब कालोपत्र गरिने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो । गतवर्ष त्यहाँका स्थानीयवासीले चौडाइ बढाएर मात्रै कालोपत्र गर्न भनेकाले त्यतिबेला नभएर अहिले गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको केही चौडाइ बढेपछि अहिले झण्डै १४ मिटर चौडा हुने गरी चार लेनको सडक निर्माण गरिएको छ ।” चावहिल साँखु सडकमा अधिकांश सडक २२ मिटरभन्दा कम चौडाइमा कालोपत्र गरिएको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । 

जग्गा जति उपलब्ध भयो त्यसैका आधारमा कतै फराकिलो त कतै साँघुरोमै कालोपत्र गरिएको छ । झण्डै १२ किमी लम्बाइको सो सडकको चौडाइमा एकरुपता नभएको उनले बताए । उनले भने, “कतै २२ मिटर नै पुगेको पनि छ कतैकतै २०, कतै ११ मिटर चौडाइ छ ।” 

पूरै सडकमा अधिकांश ठाउँमा छेउमा ढल राखिएको प्रवक्ता जोशीले बताए। चौडाइ पाँचसात मिटर भएका ठाउँमा दुईतिर ढल हाल्न नसकिने हुँदा एकातर्फबाट मात्रै ढल हालिएको छ भने अधिकांश स्थानमा दुबैतर्फबाट ढल हालिएको छ । तिवारी टोलमा मात्रै एकातिरबाट मात्रै ढल छ भने थलीमा अहिलेका लागि एकातर्फबाट मात्रै ढल हालिएको उहाँले बताए । उनले भने, “पछि दुबैतिरबाट हालिने गरी योजना बनाइएको छ ।” 

जग्गा उपलब्ध नहुँदा लामो समयसम्म सम्पन्न हुन नसकेको सडक योजनाका रुपमा चावहिल–साँखु सडक रहेको छ । यहाँ पटक–पटक पहल गर्दा पनि जग्गा उपलब्ध भएको थिएन भने कतै प्राप्त जग्गामासमेत पछि स्थानीयवासीले काम गर्न नदिएको आयोजनाले जनाएको छ । 

सलम्बुटारमा सडक निर्माणका लागि तयारी गर्दा पूरै मापदण्डअनुसार चौडाइमा नै दुबैतर्फ ढल हालेर पर्खाल लगाइएको थियो । सर्वोच्चले अदालतको आदेशपछि व्यक्तिगत जग्गा लिन नसकिएकाले कम चौडाइमा कालोपत्र गरिएको उहाँले बताउनु्भयो । उहाँले भन्नुभयो, “बीचमा पुरानो सडकमा मात्रै कालोपत्र गरिएको छ । पर्खाल लगाइएको र ढल बनाइएको सडक बाहिर परेको छ ।” 

यहाँ तीन खोलामा पुल निर्माण गरिने आयोजनाले जनाएको छ । पहिले दुई लेन रहेको सडकलाई चार लेन बनाउनका लागि हाल भइरहेको पुलभन्दा दायाँबायाँ बनाउन लागिएको हो । चावहिल–साँखु सडक कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण अवरुद्ध बनेको थियो । आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो । आयोजनाले पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरेपनि सोअनुसार काम हुनसकेको छैन ।

सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम सुरु भएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पु¥याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती संरचना हटाएर निर्माणस्थल खाली गराएर काम अघि बढाएको छ । 

सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक–पटक अनुगमन गरिसकेका छन् । पछिल्लो पटक नवनिर्वाचित सांसद सोबिता गौतमले पनि आयोजना र स्थानीयबासीसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेको छन् । १० सडक विस्तार सुरु भएकामा कतिपय सम्पन्न भएका छन् भने कति अन्तिम चरणमा छन् । काठमाडौँका कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर नगरपालिकासँगै सिन्धुपाल्चोकका विभिन्न पालिकाका नागरिक यही सडक हुँदै आवतजावत गर्दै आएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending