Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा साना ठूला गरी दर्जन होटल बनेका थिए । 

करोडदेखि साना लगानीमा बनेका होटल मेलम्चीमा सञ्चालन भइरहेका थिए । विसं २०७२ को भूकम्पपछि लय समातेको होटल व्यवसाय २०७८ असार १ पछिको बाढीले तहसनहस बनायो । हेलम्बुका खोला किनारामा रहेका अधिकांश  होटल तथा रिसोर्ट बालुवामा बिलाए । मेलम्ची क्षेत्रमा रहेका केही बगे भने पुरिएका केही होटल जसोतसो सञ्चालकले आफैँ बचाएर सफा गरी अहिले सञ्चालन गरिरहेका छन् । 

आन्तरिक तथा बाह्य पर्यटकले राम्रै चहलपहल हुने मेलम्ची, हेलम्बु र पाँचपोखरीका होटल फेरि सुनसान जस्तै देखिन थालेका छन् । पर्यटकीयस्थल हेलम्बु, मेलम्चीको मुहान, पाल्चोक मन्दिर, पाँचपोखरी, इन्द्रावती तथा मेलम्ची घुम्न आउने पर्यटकको सङ्ख्या अहिले कम भएको स्थानीय होटल व्यवसायी रत्न श्रेष्ठ बताउँछन् ।

मेलम्चीमा बाढीपछि माछा पाउन थाले पनि बाढी अघि जस्तो ग्राहक नआएको उनी बताउँछन् । मेलम्चीका माछा खान बाढी अघि विभिन्न जिल्लाबाट मान्छे आउने गर्दथे । मेलम्चीका स्थानीय माछा, हेलम्बु पाँचपोखरी तथा मेलम्चीको चिसो पानीमा पालिएका ट्राउट माछा खान सार्वजनिक बिदा तथा अन्य समयमा विभिन्न जिल्ला तथा बाहिरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गर्दथ्यो ।

क्षेत्र नं २ को मुख्य बजार रहेको मेलम्चीमा विभिन्न समयमा कार्यक्रम पनि हुने गर्दथे । पछिल्लो समय वर्षा आएमा बाढीको त्रासले ग्राहक बास बस्न डराउने गरेका छन् । बाढीपछि चुनावमा केही चहलपहल भएपनि फेरि यहाँका बजारमा चहलपहल निकै कम भएको छ । 

विभिन्न सुविधासहितका तीन र अन्य सानाठूला गरी मेलम्चीमा एक दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन् । होटल मेलम्ची हेरिटेजका सञ्चालक सागरकुमार श्रेष्ठले विपद्को केही समयअघि सञ्चालनमा आएको होटल बाढीले क्षति गर्दा स्थानीय, प्रदेश तथा केन्द्र सरकारको साथ नपाएको बताए । उनले अझै पनि मेलम्चीलाई पुरानै अवस्थामा ल्याउन सकिने जनाउँदै  यसमा सरकार जिम्मेवार हुनुपर्ने बताए । मेलम्चीवासीले आफ्नै प्रयासमा सहयोग जुटाएर संरचना जोगाएको उनले स्मरण गरे । 

मेलम्चीको अर्को होटल मेलम्ची रिभर साइड इनका सञ्चालक जनकलाल श्रेष्ठले असार १ गतेको बाढी आउने क्रममै सयौँ ट्रिप ढुङ्गा ओसारेर लाखौँ रकम व्यक्तिगत खर्च गरी होटल बचाउन सफल भएको बताए । पुल नहुँदा वर्षायाममा चहलपहल निकै कम हुने गरेको उनले बताए ।

मेलम्चीमा भूकम्पपछि दैनिक रु १० लाखसम्म कारोबार भएको यहाँका स्थानीय होटल व्यवसायी बताउँछन् । हेलम्बुका बाढी प्रभावित ट्राउट व्यवसायी उत्तम भण्डारीले वैकल्पिक स्थानमा फेरि माछापालन सुरु गरी फेरि ट्राउट हब बनाउने प्रयासमा व्यवसायी रहेका जनाउँदै यसमा सरकारले पनि साथ दिनुपर्ने बताए ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय सरकारले मात्र नदी नियन्त्रण गर्न नसक्ने भएकाले प्रदेश तथा केन्द्र सरकारको सहयोगमा बाढी प्रभावित क्षेत्रमा कार्य भइरहेको बताए । उनले दीर्घकालीन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले व्यवसायीलाई सरकारले ब्याज छुट तथा अन्य सुविधा दिएर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित व्यवसायी अत्यन्तै मारमा रहेको जनाउँदै केन्द्र तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE