Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

‘मानवअधिकार उपभोगमा चुनौती सिर्जना’

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन नभएको गुनासो गरिन्छ ।  हुने खाने र हुँदाखानेबीचको विभेद, हत्या, हिंसा, बलात्कारपछि हत्या, जातीय छुवाछूत, वादी, छाउपडीजस्ता कुप्रथा अहिले पनि न्यूनीकरण हुन नसकेको गुनासो घटेको छैन । 

सशस्त्र द्वन्द्वका पीडितले अहिलेसम्म न्याय पाएका छैनन् । विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष पूरा भए पनि पीडित अहिले पनि न्यायको आशामा छन् । स्वास्थ्योपचार, शिक्षा र रोजगारी भएमात्र पुग्ने पीडितको माग छ तर त्यसतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन ।

सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन ढिलाइ भएकाप्रति चिन्ता व्यक्त गर्नुहुन्छ मानवअधिकारकर्मी चरण प्रसाईं । “दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भयो, तर शान्ति प्रक्रियाको एउटा न्याय पाउने काम अहिलेसम्म पूरा हुनसकेन”, उनले भने, “पीडितलाई न्याय दिने कार्यमा सबैले ध्यान दिनुपर्छ, विगतका त्यस्ता कहालीलाग्दा घटना नदोहोरिने सुनिश्चितता गर्नुपर्ने अभियान कायम राख्नुपर्छ ।”

विस्तृत शान्ति सम्झौताअनुसार राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने उहाँको माग छ । नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तीन वर्षभित्र कानुन बनाएर कार्यान्वयनमा ल्याउने भनिएको थियो तर, त्यसको कार्यान्वयन अहिले पनि प्रभावकारीरुपमा आउन सकेको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनमा मानवअधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय एक उजुरी दर्ता भएको जनाएको छ । मानवअधिकारसँग सम्बन्धित विषयमा दुई सय २१ पटक अनुगमन भएको छ । आयोगले पुराना र नयाँ गरी पाँच सय तीन उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ ।

आयोगको सिफारिसको १५ दशमलव ३ प्रतिशत पूर्ण, ३९ दशमलव २ प्रतिशत आंशिक र ४५ दशमलव ५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी रहेको छ । आयोगबाट अनुसन्धान सम्पन्न भएका जम्मा चारसय १४ उजुरीमाथि निर्णय भएको छ । जसमा छ वटा नीतिगत सिफारिस रहेका छन् । पुरातन र रुढीवादी मानसिकताले गर्दा नेपाली समाजको ठूलो हिंसा ग्रसित भएको प्रतिवेदनमा छ ।

“अधिकार, न्याय, स्वतन्त्रता र समानतालगायतका विषय उठान भए पनि व्यवहारतः समाज जातीय भेदभाव, बोक्सी, छाउपडी, बालविवाह र दाइजोजस्ता कुप्रथाबाट मुक्त हुन सकेको छैन”, आयोगका अध्यक्ष तपबहादुर मगरले भने, “ मानवअधिकार उपभोगमा चुनौती सिर्जना भएको छ, सबैले मिलेर मानवअधिकार संरक्षणमा लाग्न आग्रह गर्छु ।”  

मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन बुझ्दै यही मङ्सिर २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भने, “मानवअधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्चस्थानमा रहेको छ”, उहाँले भन्नुभयो, “मानवअधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थासँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।”

विस्तृत शान्ति सम्झौता

नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ । विस्तृत शान्ति सम्झौतामा ‘आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मन्जुर गर्दछन्’ भनिएको छ ।

शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम् परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्न मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बने तर पीडितले अझै न्याय अनुभूति गर्न पाएका छैनन् ।

आयोगले उजुरी सङ्कलन गर्ने काम गरे । अहिले आयोग पदाधिकारीविहीन अवस्थामा छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार सात सय १८ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरी परेको छ । द्वन्द्वपीडित अहिले पनि न्यायको आशामा बसिरहेका छन् । कहिले न्याय पाउने भन्ने अझै निश्चित हुन सकेको छैन ।

“विस्तृत शान्ति सम्झौतामार्फत सुरू भएको शान्ति प्रक्रियाले १६ वर्ष पार गरिसकेको छ”, आयोगका अध्यक्ष मगरले भन्नुभयो, “यतिका वर्षसम्म पनि द्वन्द्वपीडितले अझै न्याय पाउन नसक्नु दुःखद् पक्ष हो ।” सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायत विषयमा राज्यले विशेष ध्यान दिन नसकेको आयोगका अध्यक्ष मगरको ठहर छ ।

मानवअधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइन्छ । अर्थात् मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर मनाउने गरिएको हो । सोही दिन विश्वव्यापी मानवअधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE