काठमाडौ । जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट ९जिजीपी०अन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो ।
प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालले हस्ताक्षर गरेको छन् ।
सो अवसरमा राजदूत युताकाले प्रशोधन केन्द्र र कृषि उपकरणका लागि प्रदान गरिने सहयोगमार्फत ग्रामीण कृषि उत्पादन प्रवद्र्धनमा परियोजनाले सहयोग पुग्ने भन्दै उपकरणको भविष्यमा समेत भरपुर उपयोग हुने विश्वास व्यक्त गरे। उनले यो परियोजना उद्योग प्रवद्र्धनका लागि मात्र नभई नेपाल र जापानबीचको मैत्री सम्बन्ध विस्तारमा समेत योगदान पु¥याउने उल्लेख गरे ।
बेसार प्रशोधन केन्द्र निर्माण गरेर प्युठान नगरपालिका र त्यहाँका सहकारीमार्फत समुदायलाई हस्तान्तरण गरिने योजना रहेको स्वयंसेवी समूहका अध्यक्ष रिमालले बताउनुभयो । परियोजनाले कृषकको आम्दानी र पेसाप्रति प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे।
यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यवसायीकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाका लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।
परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका–८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ । बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्य आम्दानी गर्न सकिरहेका छैनन् । परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेपालमा बेसार खेती राम्रो हुने जिल्लाहरूमा सल्यान, जाजरकोट, प्युठान, दैलेखलगायत पर्छन् । उत्पादित सामग्रीको प्रशोधन र व्यवस्थित बजारको अभावमा व्यावसायिक लाभ लिन नसकिएको जनाइएको छ । परियोजनाअन्तर्गत बेसार उत्पादनमा प्रत्यक्षरूपमा कृषकलाई संलग्न गराई बजार पहुँच विस्तार गर्ने कार्यमा पनि आवश्यक सहयोग गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: