काठमाडौ । बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घ र मेघा अस्पताल प्रालिबीच काठमाडौँमा आयोजित एक समारोहका बीच छुट सुविधासम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष श्रीमती कुसुमलता सिंह तथा मेघा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष किशोरजङ्ग राणा र चिकित्सा निर्देशक डा इवराज सिम्खडाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरे।
समारोहमा सङ्घकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपत्विपत्मा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्योपचार तथा औषधिका लागि छुट दिने गरी भएको सम्झौताप्रति कृतज्ञता व्यक्त गरे ।
उनले आगामी दिनमा समेत सङ्घ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताए ।अवसरमा अस्पतालका अध्यक्ष राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने विचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र सङ्घबीच आवश्यक सहकार्य हुने बताए।
उक्त सम्झौतापत्रमा अस्पतालको सेवा–सुविधाअन्तर्गत आइसीयू शय्या, वार्ड, क्याविन रूम, ल्याब र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडी डाक्टर, आइसीयू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक तीन जनालाई अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्नेछ । सम्झौता आजदेखि २०८४ मङ्सिर २२ गतेसम्म पाँच वर्षका लागि लागू हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: