Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम

फाइल फोटो
खबरडबली संवाददाता

सिन्धुपाल्चोक । पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनःलाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ ।  

आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्षमतामा समेत वृद्धि हुने जानकारी दिए। 

तालिमबाट गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ । 

यही मङ्सिर १९ गते सोमबारबाट सञ्चालन गरिएको तालिममा ४० सहभागी छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारीले पर्यटकलाई राम्रो सत्कार गर्न सके पाँचपोखरी पर्यटनका माध्यमबाटै समृद्ध हुने बताए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष ङिमाछिरिङ तामाङ, वडा नं ४ का अध्यक्ष कुलबहादुर बस्नेत, गाउँपालिकाका प्रशासन प्रमुख रामप्रसाद न्यौपाने, थाङ्पाल उपत्यका एकीकृत पुनःलाभ कार्यक्रमका संयोजक तामाङलगायतले पाँचपोखरीको पर्यटन उकास्न होटल र होमस्टेको महत्वपूर्ण भूमिका रहने बताए। 

तालिमका सहभागी दोकदोक तामाङले यस कार्यक्रमले थप सिकाइ र आत्मविश्वास बढ्ने उनको विश्वास छ। 

तालिमको आगन्तुक रिसोर्ट प्रालिका व्यवस्थापक विमल पौड्याल, होटल यात्री ठमेलका एसिस्टेन्ट चिफ मोहनकुमार बस्नेतलगायतले सहजीकरण गरिरहेका छन्। 

पर्यटकलाई राम्रो आतिथ्यता प्रदान गरेमा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भई गाउँपालिकाको आयस्रोत बढ्ने विश्वास लिइएको गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE