Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

चिसो बढेपछि भेडागोठाला बेँसी झर्न थाले

खबरडबली संवाददाता

बागलुङ । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झ-यौँ, अरु पनि झर्छन् अब ।”

निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन् । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उनीसहितका भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन् । 

केही गोठाला बेँसी झरिसकेका छन् भने उनी पनि अब केही दिनमा बेँसीमै आउने तयारीमा छन् । उनी भन्छन्, “पानी प-यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौं, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन् ।”

उनको गोठमा अहिले चार सयभन्दा बढी भेडा र पाठापाठी छन् । उनले मङ्सिर पहिलो साता झण्डै दुई सय भेडा बेचेको बताउछन् । “मङ्सिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपालि तीन जना भएर बजारतिर गएका थियौँ, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलि कति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा”, किसान घर्तीले भने ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरु वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बेँसी गर्ने उनीहरुको परम्पराजस्तै हो । तमानखोला भेडापालक कृषक मीनबहादुर रोका पनि यति बेला बेँसीतिर झरेका छन् । उनले अब चैत पहिलो हप्ता मात्रै लेक चड्ने बताउछन् ।

“हामीहरु यहाँबाट म्याग्दी हुँदै धौलागिरि हिमालको फेदसम्म भेडा लिएर जान्छौँ, अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न भेडाबाख्रा राख्न पनि सकिन्छ, दुई हप्ता जति हुन लाग्यो हामी बेँसी झरेको केही दिन सोलेडाँडामा बस्यौँ,” उनले भने, “अब चैत महिनासम्म यहीँ हुन्छौँ, डाला घाँस काटेर खुवाउनु पर्छ यो समय, चिसोमा लेकमा बस्न सकिँदैन ।”

उनले पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरुमा जाने बताए । अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाइ छ । 

किसान रोकाले भने, “चिसो भनेर के गर्नु घरमा बसेर पशु अघाउँदैनन्, लेकबेँसी त गर्न प¥यो, नत्र भेडा भोकले मर्छन्, भेडागाठालेलाई दुःख छ, घामपानी, वर्षा झरी भन्न पाइँदैन, यी सम्पत्तिले खान खोज्छन्, मैले भेडासँग लेकबेँसी गर्न थालेको ४३ वर्ष भयो, अहिले म ५४ वर्ष भएँ, ११ वर्षको उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ ।”

ढोरपाटन–९ का गङ्गाबहादुर पुनले ढोरपाटनको माथिल्लो क्षेत्रमा चिसो ह्वात्तै बढेको बताए । चिसो बढेपछि सबै भेडागोठाले तल्लो क्षेत्रमा झरेको पुनको भनाइ छ । उनले पानी नपरे पनि गोठनै पुरिने गरी तुसारे परेपछि भेडापालक बेँसी झरेको बताउछन् ।

“अहिले छिट्टै चिसो बढ्यो, पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०÷१२ दिन छँदै सबै गोठाला बेँसी झरिसकेका छन्, चिसोले भेडा बिरामी पर्न थाले, गोठाला पनि बिरामी हुन लागेपछि हामीहर सबै तल आएका छौँ”, उनले भने, “अहिले ढोरपाटनमा भएका पनि एक पटक पानी प¥यो भने सबै बोबाङ, अधिकारीचौर निसी झर्छन् ।”  

किसान पुनले पछिल्लो समय भेडी गोठालेको सङ्ख्या घट्दै गएको बताए । उनले पहिले एउटै गाउँका २०÷२० घरमा भेडा पाल्ने गरेकोमा अहिले १० घरले मात्रै पाल्दै आएको बताछन् । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा भेडा गोठाले बर्सेनि घट्दै गएको उनको भनाइ छ ।

“पहिले–पहिले गाउँका धेरै मान्छेहरुले भेडा र गाईभैँसी पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्”, किसान पुनले भने, “पुराना बूढापाका नसक्ने भए, युवा केटाहरु सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि भेडा पाल्ने कम भएका छन् ।”

उनले अरु व्यवसायको तुलनामा भेडापालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । भेडापालनबाट एक वर्षमा न्यूनतम रु चार लाखसम्म आम्दानी हुने उनको भनाइ छ । उहाँले भेडाको मासु मात्रै नभएर उनबाट बनेका कपडाको समेत राम्रो मूल्य पर्ने बताए ।

“भेडापालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन र ?, सबै पेसा व्यवसायमा परिश्रम गर्नुपर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ जहाँ पनि, भेडा पाल्ने हो भने दुईतिरबाट लाभ लिन सकिन्छ, मासु पनि राम्रो मूल्यमा बिक्छ, अझ बढी त्यसको रौँबाट बनेका कपडाको पर्छ, नेपालमा मात्रै होइन विदेशमा पनि रौँको कपडाको मूल्य बढी पर्छ”, उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending