दाङ । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।
जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।
कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान नगरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष ठूलो क्षति हुनसक्छ ।
“हामीले गएको वर्षात्ले तटबन्धनमा गरेको क्षतिको विवरण निकालेका छौँ”, उनले भने, “जहाँ १३।७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ, यदि त्यो क्षेत्रमा यो वर्ष नै तटबन्ध नगरे अर्को वर्ष बाढीले क्षति गर्छ ।”
क्षति भएको क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको समेत उनले बताए । अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उनको भनाइ छ ।
त्यो क्षेत्रमा तटबन्धन गर्न करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको छ ।
उनका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पुर्याएको छ ।
त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पुर्याएको छ । जनताको तटबन्धनले राप्ती र बबई नदीमा तटबन्धन निर्माण गर्ने काम गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०७९ - ०९:४०
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग माग गरेका छन्। राष्ट्रपति निर्वाचनको मि...
माघ १५ गते, २०७९ - ०९:१३
ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर ल...
माघ १५ गते, २०७९ - ०९:०८
काठमाडौं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ...
माघ १५ गते, २०७९ - ०९:००
रहस्यमय ढङ्गले बनेको गठबन्धनतर्फ अमेरिकी नजर
माघ १५ गते, २०७९ - ०८:२९
प्रशासनमा उपस्थित भएको केही घण्टामै पाउनेछन् नागरिकता
माघ १५ गते, २०७९ - ०८:२०
काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल...
माघ १५ गते, २०७९ - ०८:१२
काठमाडौं । पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् । डोनेट्स्क क्षेत...
माघ १५ गते, २०७९ - ०८:०७
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीन जना गम्भी...
माघ १५ गते, २०७९ - ०७:४५
वालिङ । यस वर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक...
माघ १५ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ...
प्रतिकृया लेख्नुहोस्: