Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बहालवाला मन्त्रीलाई पराजित गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौँ । मतदाताको मन कुनबेला बदलिन्छ र त्यसले राजनीतिमा कस्तो फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुन्छ । निर्वाचन अघि सामान्य झलक नदेखिए पनि मतगणनापछि भने नसोचेको परिणाम हात लागेको छ । 

राजनीतिक दल र तिनका नेताहरुले आफ्नो ठानेका क्षेत्रमा पनि यस पटकको निर्वाचनको परिणाम फरक देखियो । यसकारण मतदाताको स्वभाव र चाहनाको ख्याल गर्ने उम्मेदवार सफल भए भने निर्वाचनलाई परम्परागत रुपमा लिएका उम्मेदवार पराजित भएका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थानमा विजयी भएको छ । लामो समयदेखि नेपाली राजनीतिमा स्थापित कतिपय व्यक्तिलाई सो पार्टीका उम्मेदवारले पराजित गरेका छन् । यस्तो मेसोमा कतिपय बहालवाला मन्त्री पनि परेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा उम्मेदवार रहेका संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ बाट राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएको छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा९एमाले०का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरे। सोही क्षेत्रका अर्का उम्मेदवार नेपाली कांग्रेसका भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरे । 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा जानुभएका विश्वनाथ पौडेल र पूर्वअर्थमन्त्री एमाले उम्मेदवार सुरेन्द्र पाण्डे चितवनको क्षेत्र नं १ बाट स्वतन्त्र पार्टीका हरि ढकालसँँग पराजित हुनुभयो । 

काठमाडौँ क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीकै गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी हुनुभयो । यहाँ एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरिन् । 

काठमाडौँ क्षेत्र नं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पर्यटनमन्त्री श्रेष्ठ पराजित भए। श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गरे । सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत प्राप्त गरे । मन्त्री श्रेष्ठले चार हजार आठ सय ८१ मत प्राप्त गरे । 

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उनका प्रतिस्पर्धी, कांग्रेस उम्मेदवार राज्यमन्त्री श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे । 

स्वतन्त्र पार्टीकै सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित हुनुभयो । उनले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार ओनसरी घर्तीले नौ हजार चार सय ५९ मत प्राप्त गरिन् । 

ललितपुर क्षेत्र नं ३ बाट सोही पार्टीकी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गरी विजयी हुनुभयो । सो क्षेत्रमा दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

परीक्षा फारम विवादले मावि कुपहीमा तालाबन्दी

राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...

सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...

एन्फाको एकतर्फी निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...

पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...

इनिशा विकको न्याय माग गर्दै आजपनि काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: