Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ : अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउने जनाएका छन् । 

उनले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गरे  ।  

“प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ”, उनले भने । 

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उनले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे । “हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ”, अध्यक्ष दाहालले भने, “गठबन्धनको ध्यान विकास र समृद्धिमा जान्छ ।” अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईंका रुपमा निर्वाचन अगाडि आएको जनाउँदै उनले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताए  । “अब प्रतिगमनविरुद्ध आन्दोलन गर्नु नपरोस् भन्नका निम्ति गठबन्धनलाई जिताउनुपर्छ”, उनले भने । 

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए । 

“हामीले संविधानसभाको माग गर्दा बढ्ता विरोध गर्ने ओली २०६२÷०६३ सालको परिवर्तन र वर्तमान संविधानलाई स्वीकार गरेपछि ओली सच्चिए होलान् भनेको त्यस्तो होइन रहेछ”, उनले भने, “तर पार्टी एकताको केही समयपछि ओलीले सङ्घीयता, गणतन्त्र, समावेशीता स्वीकार गरेका रैछन् । सत्तामा पुगेर प्राप्त उपलब्धिलाई उल्ट्याउने दाउमा रहेछन् ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending