गलेश्वर । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र स्केल रोग भेटिएको म्याग्दीको वास्कुना र दोसल्लेका कृषकले बताएका छन् । बास्कुना र दोसल्लेमा बढी सुन्तला उत्पादन हुने ठाउँ हुन् ।
कृषकका अनुसार औँसा कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब १७ प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए ।
म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग सुन्तला उत्पादक कृषकका लागि टाउको दुखाइ बनेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताए ।
“अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उनले भने, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।”
सिग्देलका अनुसार स्केलरोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने उनले बताए ।
यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई प्लास्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो ।
आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई प्लास्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
अन्नबाली छाडेर व्यावसायिक सुन्तला खेती उत्पादनमा लागेका कृषक बिक्री गरेर आम्दानी गर्ने बेलामा फल झर्ने र कुहिने भएपछि मर्कामा परेका हुन् । “बेच्ने बेलाका सुन्तला बोटैमा कुहिएर झर्न थालेका छन्, कीराको समस्याले हैरानी दिएको छ”, अन्नपूर्ण–७ दोसल्लेकी सुन्तला कृषक माया पुनले भनिन् ।
आफ्नो सुन्तला बगैँचामा उत्पादन भएका फलमध्ये करिब १० प्रतिशत सुन्तला झरेको उनले बताइन् । सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा कीरा र स्केल रोगको प्रकोप देखिएपछि कृिष ज्ञान केन्द्रले अध्ययन तथा रोकथाम सुरु गरेको छ ।
सो ज्ञान केन्द्रबाट खटिएको प्राविधिक टोली औँसा कीरा र स्केल रोगको समस्याबारे बुझ्न हिस्तान र बेनी नगरपालिका–४ बास्कुनामा पुगेर झरेको एक दाना सुन्तला अध्ययन गर्दा ११ औँसा कीरा भेटिएको सिग्देलले जानकारी दिइन् ।
अमिलो जातका फलफूल सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यसको सङ्क्रमण फैलिएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्क्रमण रोक्न प्लास्टिक झोला माग गरेका छन् ।
म्याग्दीमा सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएका बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: