Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

महोत्तरी–३ : उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ

खबरडबली संवाददाता

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान नजिकिँदैछ । जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसमेत सम्मिलित महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारलाई अहिले मतदाता भेट्न भ्याइनभ्याइ छ् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल र जनता समाजवादी पार्टी ९जसपा० नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसहित २१ प्रतिनिधिसभाका उम्मेदवार छन। 

संयोग नै भन्नुपर्छ, ठाकुर, लाल र यादवले विगतमा नेपाली कांग्रेसबाट राजनीति प्रारम्भ गरेको थिय । तत्कालीन पञ्चायतकालमै कांग्रेसमा आवद्ध रही प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लामो योगदान दिएका यी तीनै नेता २०६२/६३ को मधेस आन्दोलनपछि तत्कालीन तमलोपा र मधेसी जनअधिकार फोरममा आवद्ध भए। ठाकुर र लाल तमलोपामा र यादव तत्कालीन फोरमबाट नयाँ राजनीति यात्रा सुरु गरेको थिए। यादव विसं २०६४ को पहिलो संविधानसभामा जिल्लाको तत्कालीन क्षेत्र नं २ बाट निर्वाचित भएको थिए। २०७७ सालमा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी र तमलोपा एकीकरण हुँदा तीनैजना एउटै दलमा आवद्ध हुन पुग्नुभयो । तर यो एकीकरण एक वर्ष नपुग्दै २०७८ मा पुनः विभाजन आएको थियो ।  २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी पार्टी गठबन्धनमा चुनाव लड्दा लाल र यादव अध्यक्ष ठाकुरका सहयोगी थिए। अहिले तिनै पूर्वसहयोद्धा र सहयोगी अध्यक्ष ठाकुरका यसपटकका मुख्य प्रतिष्पर्धीमा उत्रिएका छन् ।

“उम्मेदवार त २१ जना हुनुहुन्छ, सबै जनताकै बीच देखिनुहुन्छ”, जलेश्वरवासी मनोज झा भन्नुहुन्छ, “तर अहिलेसम्मको जनप्रतिक्रिया हेर्दा ठाकुर, यादव र लालको बढी चर्चा सुनिन्छ । ठाकुर यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निकटतम् तत्कालीन वाम गठबन्धनका प्रतिष्पर्धीभन्दा झण्डै तेब्बर मत बढी पाएर प्रतिनिधिसभामा विजयी भएको थिए। खासमा अहिलेको आसन्न  निर्वाचन परिणाम जसको पक्षमा आए पनि क्षेत्रको चर्चा भने ठाकुरको उम्मेदवारीले बढाएको कुरा सामान्यतया यहाँ सबैले स्वीकार्छन् ।

यसपालि दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार बन्नुभएका ठाकुरले २०७४ को निर्वाचनमा आफ्ना निकटका सहयोगी जसपा नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवसँग कडा टक्कर लिनुपर्ने आकलन धेरैले गर्दछन् । २०७४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवारलाई करिब तेब्बर मतले पछि पार्दै विजयी हुनुभएका ठाकुर यसपालि भने आफ्ना यसअघिका सहयोगीसँगको प्रतिस्पर्धाले ढुक्क हुने स्थिति भने नरहेको कतिपयको अड्कल छ । ठाकुरका सहयोगी फेरिएका छन् ।  कांग्रेसले त २०७४ मा पनि उहाँको समर्थन गरेको थियो, त्यो यसपालि पनि सत्ता गठबन्धनमार्फत कायम छ । गठबन्धनमार्फत नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ठाकुरका नयाँ सहयोगी बनेका छन् ।

यसअघि २०७४ मा फराकिलो अन्तरको विजय, राष्ट्रिय व्यक्तित्व र सत्ता गठबन्धनका साथ ठाकुरको अहिलेको जितका लागि मुख्य आधार लोसपाका नेता–कार्यकर्ताले मान्दै आएका छन् । “उहाँ निष्कलङ्क छविका शीर्षनेता हुनुहुन्छ, जनताले साथ दिनेछन्”, मटिहानी–७ का चन्देश्वर साह भन्नुहुन्छ ।

निर्वाचन अभियानमा अहिले सघनरूपले मतदातासँगको भेटघाटमा रहनुभएका ठाकुर पनि आपूmप्रति २०७४ भन्दा बढी जनताको स्नेह पाएको बताउनुहुन्छ । “म, मेरो दल र हामी आवद्ध गठबन्धन निर्वाचन परिणामबारे संशयमा छैनाँै, जितप्रति ढुक्क छौँ”, उनले भने, “जनताको अपार समर्थन हामीसँग छ ।” महोत्तरीका जनताले संविधानको पुनर्लेखनको मुद्दा सम्बोधनका लागि पनि आपूmलाई साथ दिने ठाकुरको विश्वास छ ।

जसपाका केन्द्रीय सदस्य यादवलाई नेकपा ९एमाले० को साथ छ ।  एमाले–जसपा गठबन्धनका उम्मेदवार यादव अहिले दिनरात नभनी जनसम्पर्कमा हुनुहुन्छ । सञ्चारकर्मीसँगको कुराकानीमा यादवले आफ्नो दल र एमाले क्षेत्रका मुख्य जनआधार भएका पार्टी भएको हुँदा आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे । उनी भन्न्छन्, “अहिले जनताले लयबाट व्यक्त गर्दैछन्, हेर्नुहोला, मङ्सिर ४ गते मतबाट अभिव्यक्त हुनेछ ।”

यसैगरी तमलोपाका अध्यक्ष लाल पनि जनताको समर्थन पाइरहेको बताउन्छन् । क्षेत्रमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलका उम्मेदवार पनि सघनरूपले चुनावी अभियानमा जुटेका देखिन्छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा दलका अतिरिक्त १० जना स्वतन्त्र उम्मेदवार न्छन् ।

क्षेत्रमा निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि केही दिनमात्र बाँकी छँदा चुनावी प्रचार उत्कर्षमा देखिँदो छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब आजबाहेक दुई दिनमात्र बाँकी छँदा यहाँका बस्ती–बस्तीमा  दल र उम्मेदवारको सघन आउजाउ बढ्दो छ ।

क्षेत्रका बस्ती–बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन् ।  दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती–बस्तीमा कोणसभाका कार्यक्रम सम्पन्न गर्दैछन् । प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१० र (२) मा क्रमशः सत्ता गठबन्धनबाट लोसपाकै अभिराम शर्मा र रानी शर्मा तिवारी उम्मेदवार हुनुहुन्छ ।  एमाले जसपा गठबन्धनबाट भने ९१० बाट जसपाका दीपेन्द्र झा र (२) बाट एमालेका पोलिटब्यूरो सदस्य रामदयाल मण्डल उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा क्षेत्र (१) मा एक महिलासहित १२ उम्मेदवार छन् । जसमा आठ स्वतन्त्र हुन् । त्यसैगरी प्रदेशसभा क्षेत्र ९२० मा २६ जना उम्मेदवार छन् । जसमा एक महिला हुनुहुन्छ ।  स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो ।

यसपटक महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रमा ९९ हजार नौ सय ३० मतदाता कायम छन् । महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रभित्र ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत सेनले जानकारी दिनुभयो । अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी ९जनशक्ति० नियुक्ती गरी तालिम दिएर सम्बन्धित मतदान केन्द्र खटाइ पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध...

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । विहिबार एक...

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा...

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बै...

नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसा...

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

बाँके । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्य रूपमा मूल्यसूची राख्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आ...

नेपाल ए र आयरल्याण्डबीचको सिरिजको नयाँ तालिका सार्बजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिर...

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ, यसको सामना गर्नुछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगा...

केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज

काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित स...

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।  अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies