Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

तथाकथित वैकल्पिक राजनीति : राजावादी भ्रम र विदेशी स्वार्थ

महेश्वर दाहाल

रवि लामिछानेहरू जस्ता विचार, दर्शन र आदर्श नभएकाहरू राजनीतिमा आउँदा युक्रेन, ब्राजिलको जस्तो हविगत नेपालमा हुनसक्छ । विदेशीले सिंगारेका हल्का मुद्दाहरू उठाएर राष्ट्रिय मुद्दा छोप्ने यस्ता पात्रहरू पूरै प्रायोजित हुन सक्छन् ।

हिजोका दिनमा निकै ठूलो तामझामसहित बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको कुरा गरे । दुई/चार वर्ष साझा र विवेकशील भन्दै उपरी हल्ला पनि निर्माण गरे । उनको वैकल्पिक राजनीति पुरानै राजतन्त्र फर्काउने नियत हो भनेर चौतर्फी विरोध भयो । 

प्रारम्भमा त उनले त्यसको खण्डन गरे । तर, आफ्ना छद्म सोचमा स्वाभाविक असफल भएपछि उनी राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने राप्रपाको शरणमा  पुगेका छन् । र, उनी राजावादी हुन् भन्ने बुझाइलाई अन्ततः आफैँले सावित गरेका छन् ।

आज राजतन्त्र वकालतको आवरणसहित उनी नेपालमा प्रतिगमन स्थापित गर्ने र पश्चिमा शक्ति केन्द्रको पक्षपोषण गर्ने काममा सक्रिय छन् । उनी जे थिए, अहिले म्याउँ गरे । राजावादी पार्टी राप्रपामा प्रवेश गरे । अब उनको बारेमा कसैलाई भ्रम छैन ।

त्यस्तै, अमेरिकामा धेरै वर्ष बसेका, उतैको नागरिकता लिएर पछि छाडेका रवि लामिछानेले तथाकथित स्वतन्त्र पार्टी खडा गरेका छन् र उनको पार्टीको विचार, योजना र सिद्धान्त भन्ने नै केही छैन । युवापुस्ताको नेतृत्व र भ्रष्टाचार विरोधको जलपमा  मात्र आफूलाई सिंगारिरहेका छन । 

नेपालमा बढ्दो अमेरिकी वा पश्चिमाहरुको प्रभावबारे उनले केही बोलेकै छैनन् । बरु पश्चिमा लगानीका सामाजिक सञ्जाल, पश्चिमा प्रभावका अनलाइनसहित केही मिडियाको प्रायोजित प्रचारमा रातारात उनी हिरो बनाइएका छन् ।

अहिले रवि र उनका पार्टीका उम्मेदवारहरूलाई पश्चिमा प्रभावका मिडियाहरूले नै बेस्सरी उछालिरहेका छन् । मानौँ, उनीहरूले निर्वाचन जितेमा देशमा एकाध वर्षमा नै कायापलट हुन्छ । तिनीहरूले पार्टीहरू, त्यसको नेतृत्व र कार्यकर्तामाथि निरपेक्ष प्रहार केन्द्रीत गरिरहेका छन् ।

पार्टीहरूमाथि, राजनीतिक रूपमा आम मुक्तिको संघर्ष गरेर स्थापित नेतृत्वमाथि प्रहार गरेर नै यो संघीय  गणतान्त्रिक प्रणालीमाथि आक्रमण गर्न सकिने सुविचारित नियत उनीहरूको छ ।

विचार, राजनीति र सिद्धान्त नभएकाहरूको भीड बढाउने, शक्ति केन्द्रको कठपुतली भएर नेपाललाई विदेशीको क्रिडास्थल बनाउने नियत वैकल्पिक भनिनेहरूको मूल योजना हो । युक्रेनमा हाँस्य कलाकार भ्लादिमिर जेलेन्स्की जस्तो कच्चा नेतालाई स्थापित गरेर रुसका विरुद्ध प्रयोग गरे जस्तै नेपालमा चीन र भारत विरुद्ध वैकल्पिक भनिनेहरूलाई प्रयोग गर्ने रणनीति अमेरिकी र पश्चिमाहरूको देखिन्छ ।

रवीन्द्र मिश्रको पतनपछि उनको नयाँ अवतारका रूपमा देखिएका रवि लामिछाने जस्ता स्वतन्त्रहरूले पार्टीहरू र नेतृत्वको केही कमजोरीमाथि आक्रमण गर्ने, त्यसमार्फत प्रणालीमाथि नै प्रहार गर्ने र नेपालमा पश्चिमाको प्रभावलाई सुदृढ गर्ने भूमिका जवर्जस्त जारी राखेका छन् ।

राजनीतिमा अनुभवी वा उमेर ढल्किएकाहरूको निरपेक्ष विरोध र युवा भनिनेहरूको निरपेक्ष समर्थनले के संकेत गर्छ भन्नेबारे एउटा छोटो कथा छ । कुनै सानो राज्यको प्रमुखले उर्दी लगायो, 'बूढाबूढीलाई मिल्काउनु पर्छ, युवाहरू मात्रै हुनुपर्छ ।' 

सबैले परिवारका आमाबाबुलाई जङ्गलमा  राख्नुपर्ने भयो । तर, एउटा परिवारमा एक बूढी आमै र एक छोरा मात्रै थिए । उर्दी सुनेकी आमाले छोरालाई 'बाबु मलाई खोई जङ्गल पठाएको त ?' भन्दा छोराको मन साह्रै दुख्यो । उसले आमालाई जङ्गल पठाउने निर्णय त्यागेर घरभित्रै एक गोप्य ठाउँ बनाएर भूमिगत राख्यो ।

केही दिनपछि गाउँमा बूढाबूढी विरोधी आए । उनीहरूले घरमा बूढाबूढी भए आक्रमण गर्ने, तर के हो बुझ्न प्रश्न गरिने बताए । जबाफ दिए आक्रमण नगर्ने वाचा थियो । गाउँमा कोही बूढाबूढी  थिएनन् । युवा नै युवा थिए । प्रश्नको जवाफ फेला परिरहेको थिएन । जवाफ दिने समय घर्किरहेको थियो । आमालाई खाना दिन छोरा भूमिगत कोठामा गएको बेला आमाले आक्रमणकारी आएको चाल पाइन । सोधिन्, 'के भयो छोरा ?' 

छोराले बेलीविस्तार बताएपछि आमाले चिन्ता नलिन भन्दै खुसुक्क जबाफ बताइदिइन् । छोराले आक्रमणकारी प्रमुखकोमा गएर त्यही जवाफ दियो । यसरी त्यो गाउँ  आक्रमणबाट जोगियो ।

सैनिक तानाशाही सत्ताको कब्जाबाट मुक्त भएको ल्याटिन अमेरिकी देश ब्राजिलका जनताले असी टेक्न लागेका लुला दा सिल्भालाई फेरि राष्ट्रपति पदमा हालै जिताएका छन् । यसबीचमा उनलाई निर्वाचनबाट रोक्न भ्रष्टाचारसम्बन्धी कतिपय मुद्दा लगाएर जेल हालिएको थियो । यसअघिको निर्वाचनबाट प्रायोजित रूपमा अमेरिकीपरस्त पूर्व सैनिक अधिकारीलाई जिताइयो । 

उनले जितेपछि देश झन अस्थिर, आर्थिक रुपमा कमजोर भयो । त्यसैले यसपटकको निर्वाचनमा लुलालाई फेरि जनताले जिताए । यसैले यहाँ बूढा र युवा भन्ने कुरा राजनीतिमा हुँदैन । यहाँ नीति, विचार, योजना प्रमुख हुन्छ ।

अहिले नेपालमा पनि बूढाबूढीलाई राजनीतिबाट मिल्काउने भनेर एकथरीले नारा लगाइरहेका छन् । त्यसमा रवि लामिछाने र उनको पार्टी अग्रिम मोर्चामा देखिएको छ ।
स्वयंले वर्षौंसम्म विदेशी डलर  कमाएका, निरंकुश राजतन्त्र समाप्त भएको चिन्तामा आफैँलाई नजरबन्द गरी मृत्युवरण गरेका मनुजबाबु मिश्र पुत्र रवीन्द्र गत चुनावमा पराजीत भएपछि पश्चिमाहरूको ’डिजाइन’ कमजोर पर्‍यो । अहिले उनीहरू रवि लामिछानेहरूलाई प्रयोग गर्दैछन् । रवि लामिछानेहरूले एमसीसी, एसपीपी जस्ता देशको सार्वभौमसत्ता जोडिएका मुद्दाहरूमा धारणा बनाउन नपर्ने तर अब युवाहरू आउनुपर्ने निरपेक्ष नारा फलाकिरहेका छन् ।

रवि लामिछानेहरू जस्ता विचार, दर्शन र आदर्श नभएकाहरू राजनीतिमा आउँदा युक्रेन, ब्राजिलको जस्तो हविगत नेपालमा हुनसक्छ । विदेशीले सिंगारेका हल्का मुद्दाहरू उठाएर राष्ट्रिय मुद्दा छोप्ने यस्ता पात्रहरू पूरै प्रायोजित हुन सक्छन् ।

राजनीतिक दलहरूले गणतन्त्रका लागि बलिदानको विरासत बोकेका छन् । त्यहाँ विभिन्न आग्रह, आवरण र पृष्ठभूमिका मानिसहरू हुनु स्वाभाविक हो । तर, सबै बूढाहरू राजनीतिमा फेल हुने भए शक्तिशाली अमेरिका र अन्य लोकतान्त्रिक देशका राष्ट्रपति र नेताहरूलाई हेरे भयो । त्यहाँ समस्या छैन भन्ने होइन, त्यहाँका र नेपालका समस्या फरक हुन सक्छन् । 

तर, नेता बूढा भए, अब पुराना पार्टीहरूले काम गर्न सक्दैनन् भन्ने आग्रह सिद्धान्तहीन आग्रह हो । ती त विचार तथा आदर्शमा संगठित भएका हुन् । तिनले कयौँ युवा वा अनुभवी पुस्तालाई जिम्मेवारी र नेतृत्वहरू हस्तान्तरण गरेका छन् । र, आफू पनि पद्धतिबाटै, पार्टीको विश्वास जितेरै नेतृत्व भइरहेका छन् । त्यसैले स्वनामधन्य स्वतन्त्रहरूले बूढाबूढीलाई राजनीतिबाट मिल्काउँ भन्नु नेपालको परिवर्तनविरोधी विदेशी आकांक्षा हो ।

अहिले विश्वव्यापी रूपमा पश्चिमाहरूको वर्चस्व गुम्दै गइरहेको छ । एसियाली शक्तिहरू उदीयमान भइरहेका छन् । चीन अमेरिकाको एक नम्बर प्रतिस्पर्धी भएको हालै मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको एक रिपोर्टमा समेत सार्वजनिक भएको छ ।

अमेरिकाले नै हो, युक्रेनमा युद्ध सिर्जना गर्न लगाएको । ऊ ताइवान र इन्डोप्यासिफिक क्षेत्रमा समेत युद्ध चर्काउन खोजिरहेको छ । यसको बृहत् रणनीतिका लागि नेपाललाई सामरिक प्रयोग गर्ने प्रारम्भिक सफलता उसले सडक प्रतिरोधका बाबजुद संसदबाट एमसीसी पारित गरेर पाइसकेको छ । 

तर, माओवादी केन्द्रजस्ता देशभक्त पार्टीहरूकै कारण एमसीसीमा नेपालले आफ्नो सर्त पनि नत्थी गरेर पठाएको छ । त्यो सर्तबारे अमेरिका हालसम्म चुँइक्क बोलेको छैन । त्यसैले नेपाललाई पश्चिमाहरूको क्रिडास्थल बनाउने काममा स्वतन्त्र नामधारी पार्टी र व्यक्तिहरू विशेष रूपमा परिचालित भएका छन् ।

युक्रेनमा लामो समयसम्म अमेरिकी एजेन्टहरूले 'राजनीतिक आन्दोलन’ सिर्जना गराएर अस्थिरता कायम राख्ने नीति लिएका थिए । परिणामतः हास्यकलाकार भ्लादिमिर जेलेन्स्की आफैँ समाप्तिको सन्निकट छन् र देशलाई संकटमा पारिदिएका छन् । नेपालको पनि त्यही नियति बनाउने प्रयास अमेरिकाले गरिरहेको छ । अमेरिकी स्वार्थका प्रवृत्तिहरू सबै राजनीतिक दलमा छन् । तिनले प्रत्यक्ष र परोक्ष प्रभाव जमाएर एमसीसीमा समेत नेताहरूलाई बाध्य पारेको देखिएकै हो ।

त्यसैले यो निर्वाचनमा देशभक्त र संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको सही संरक्षक तथा यसलाई थप सुदृढ गर्नुपर्ने विचार–मान्यताहरूलाई पहिचान गर्नुपर्नेछ । क्षणिक आवेग हेरेर होइन,  सामान्य असन्तुष्टि हेरेर होइन, समग्र परिस्थिति हेरेर देशलाई पश्चिमा शक्ति केन्द्रको क्रिडास्थल बनाउने पात्र र प्रवृत्तिलाई उखेल्नु पर्नेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending