रामपुर । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् ।
उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए ।
“हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महशुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुप¥यो”, उनले भने, “गरिब विपन्न परिवारका नागरिकले सामान्य आधारभूत समस्यामा नै जीवन गुजारा कतिञ्जेलसम्म चलाउने हो ।”
आर्थिक अवस्था नाजुक भएका परिवारलाई विशेष प्राथमिकता दिएर सामान्य आधारभूत आवश्यकताको परिपूर्ति गर्ने योजना ल्याउने उम्मेदवारका पक्षमा मतदान गर्ने उनले जनाए । बिहान साँझ हातमुख जोड्न धौधौँ पर्ने उहाँको परिवारमा खानेपानी, विद्युत् महशुल शुल्क, स्वास्थोपचार जस्ता समस्याले सधैँ पिरोल्ने गर्दछ ।
अहिलेको परिवेशमा पनि गाउँका नागरिक ठूला सपनाभन्दा पनि सामान्य आधारभूत समस्यामा नै पछाडि परिरहेका छन् । सबै गाउँबस्तीमा विद्युत् सुविधा, खानेपानीको राम्रो प्रबन्ध, गाउँमै आधारभूत स्वास्थ्योपचारको व्यवस्था, प्राविधिक शिक्षा, सडक स्तरोन्नति गर्न मतदाताले घरदैलोमा पुगेका उम्मेदवारसमक्ष माग गरिरहेका छन् ।
रामपुर– ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपाने नेतृत्वले आफ्नो स्वार्थमा मात्रै कार्य गर्ने तर जनताको इच्छा भावनाअनुसार काम नगरेकाले उनीहरुको कार्यशैलीप्रति नागरिक सन्तुष्ट नरहेको बताए । निर्वाचनमा मत माग्न घरमा आउने उम्मेदवारसमक्ष उनले जनताले देशमा परिवर्तन चाहेको र सबै जनताको मर्म र भावनाअनुसार काम गर्ने नेतृत्वको खोजीमा रहेको बताए ।
“देशमा परिवर्तन हुन्छ कि भन्ने आशमै उमेर ढल्कियो, जनताले चाहेअनुसार काम नै हुन सकेन, लगातार एउटै नेतृत्वले परिवर्तन हुन सकेन, अब हामी नागरिकको समस्या सुल्झाउने नयाँ नेतृत्व मतदाताले चुन्नुपर्छ”, उनले भने ।
उनले देशमा २००७ सालको राणशासन अन्त्यपश्चात् हालसम्म विभिन्न व्यवस्था परिवर्तन भए पनि गाउँका कुनाकाप्चामा बसोबास गर्ने नागरिकको अवस्थामा सुधार नआएको बताए । राम्रा व्यक्तिभन्दा पनि हाम्रा व्यक्तिको पछाडि मतदाता लागेका कारण जनताले चाहना गरेअनुसारको काम नभएको न्यौपानेको भनाइ छ ।
रम्भा गाउँपालिका– ३ पीपलडाँडा बस्ने कृष्णप्रसाद बस्यालले विधि र सिद्धान्तअनुसार नेतृत्वले काम नगरेकाले त्यसको सजाय जनताले भोग्नु परिरहेको बताए । आजको एक्काइसौँ शताब्दीमा पनि सामान्य आधारभूत समस्यामै जनता गुज्रनुपर्ने अवस्था रहँदा मतको सही सदुपयोग नभएको बस्यालको भनाइ छ ।
उनले भने, “पानी आउँदा हिलाम्य र घाम लाग्दा धुलाम्य सडकको सास्ती कहिलेसम्म खेप्नुपर्ने, गाउँमा सामान्य औषधोपचार नपाएर नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ, अझै पनि घण्टौँ हिँडेर पानी बोकेर खानुपर्ने बाध्यता कायमै छ, गाउँमा बिजुली सुविधा पुग्न सकेको छैन, ती टुकीका भरमा बसेका नागरिकले कहिले पाउँछन् विद्युत्को उज्यालो ?”
चुनावी चहलपहलले गाउँकेन्द्रित भएका उम्मेदवार, दलका नेता कार्यकर्तालाई मतदाताले अघिल्ला निर्वाचनका वाचा र प्रतिबद्धताबारे झस्काइरहेका छन् । सही र सक्षम नेतृत्वको पखाइमा रहेका मतदाता चुनावी परिवेशमा मात्रै गाउँ फर्कने उम्मेदवार, नेता कार्यकर्ताले मतदातालाई भोट बैंकका रुपमा लिएकामा आपत्ति जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: