Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सुकुम्बासी समस्या समाधान गर्न माग

जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?

खबरडबली संवाददाता
मोरङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । 
 
“जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?” स्थानीयवासी कमला राजवंशीले प्रश्न गरिन् । कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्छन्, मत माग्छन् तर  गाउँका समस्या नसुन्ने गरेको गुनासो गरिन् । उनले भनिन्, “गाउँमा पानीको समस्या छ, बिजुली छैन, बाटो अवस्था दयनीय छ, १० कक्षासम्म अध्ययन हुने विद्यालयको स्तर झरेर अहिले कक्षा ८ सम्मको मात्र पढाइ हुन्छ ।”
 
“दुई किमी पश्चिममा विराटनगर महानगरपालिका छ, यहाँ विकास भयो तर हाम्रो गाउँमा किन विकास भएन ”, प्रश्न गर्दै उनले भनिन्, “हाम्रो समुदायका मानिस जनप्रतिनिधि हुन सक्दैन, बाहिरका हुन्छन् त्यसैले हाम्रो गाउँ आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछि परेको छ ।”
 
सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका  सञ्जयकुमार सिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, नेपाली कांग्रेसका भीम पराजुली, नेकपा (एमाले)का जीवन घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नासिन खातुन, जनमत पार्टीका अनिलकुमार झा, मङ्गोल नेशनल अर्गनाइसन पार्टीका शुभराज राई, पूर्वगृहराज्यमन्त्री भीमबहादुर राजवंशी एवं स्वतन्त्र दुई गरी नौ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । 
 
प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री घिमिरेले विगत कोभिड महामारीका मतदातालाई पु¥याएको सेवा , कोसी कोभिड अस्पताल निर्माण, एक विद्यालय एक नर्सिङ सेवा, सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको पहुँच विवरण जनतासमक्ष पेश गरिरहेका छन्  । यसैगरी विराटनगर महानगरपालिकाका निर्वतमान प्रमुख पराजुलीले विराटनगरको कालोपत्र सडक, ढल सुधार, विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको पार्क, आरोहरण गुरुकुलको सुविधा सम्पन्न नाटक घर, महेन्द्र चोकमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रमणीय सडक, विमानस्थल जाने सडकको सौदन्र्यकरण, कोभिड महामारीमा निःशुल्क एम्बुलेन्स, शववाहन र अक्सिजन सेवा, नगरका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनलगायतका कार्य रहेको जनतासमक्ष पुर्याइरहेका छन् ।
 
विराटनगर महानगरपालिकाको वडा नं १, २, ३, ८ र १० कटहरी गाउँपालिकाको वडा नं १, २ र ३ रहेको यस क्षेत्रमा सबै समुदायको मिश्रित बसोबास छ । यस क्षेत्रमा महिला २५ हजार तीन सय २४, पुरुष २५ हजार तीन सय ७९ गरी ५२ हजार सात सय तीन मतदाता रहेका छन् भने ४० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए  ।   
 
विसं २०७४ को प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका घिमिरेले १३ हजार आठ सय पाँच मत ल्याई विजयी हुनुभएको थियो भने भने उनको प्रतिद्वन्द्वीमा कांग्रेसका विश्वनाथ रिजालले ११ हजार छ सय २५ र सङ्घीय समाजवादी फोरम नेपालका श्रीराम कामतले तीन हजार छ सय २१ मत प्राप्त गरेका थिए  । 
 
गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिको वडा नं १, २, ३, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएको थियो ।
 
उनीहरुले आठ हजार पाँच सय २९ मत प्राप्त गरेका थिए भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच हजार आठ सय४४ मत प्राप्त गरेका थिए  । 
 
यसैगरी कटहरी गाउँपालिकामा एमालेका विजयी दुई वडाध्यक्षसहित तीन जनाले दुई हजार पाँच सय ५४ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसले एक वडा अध्यक्ष विजयीसहित तीन जनाले दुई हजार छ सय २४ मत प्राप्त गर्न सफल भएका थिए   ।
 
मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, युवालाई प्राविधिक शिक्षामा सहज पहुँच र उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नुपर्ने माग रहेको छ । विराटनगर–४ का  ७८ वर्षीय मतदाता केशव अधिकारी निर्वाचनमा विजयी भएपछि फर्केर नआउने, भेट हुन समस्या हुने गुनासो गरे   ।
 
कटहरी गाउँपालिका– २ का गृहणी मतदाता विमला राजवंशीले अहिले सूचना प्रविधिको समयमा बालबालिकालाई रोजगारीमूलक एवं प्राविधिक शिक्षाको सस्तो एवं सर्वसुलभ उपलब्ध गराउने उम्मेदवारलाई मत दिने बताइन्  । पूर्वराज्यमन्त्री एवं स्वतन्त्र उम्मेदवार राजवंशी यस क्षेत्रका लागि सङ्घीयता स्थापनामा भूमिका, नागरिकको शान्ति सुरक्षा, विकास एवं भाषा, संस्कृति संरक्षणको गरेको योगदानको आधारमा विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरिन् । 
 
यस पटकको उम्मेदवार निर्वाचनको प्रचारप्रसारको क्रममा सचेत देखिएका छन् ।  निर्वाचन आचारसंहिता, कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थितरुपमा लैजाने गरेका छन् । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending