काठमाडौ । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् ।
त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पु¥याउन मद्दत पुग्ने विचार व्यक्त गरे । उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए।
अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...
मंसिर २६ गते, २०८२ - १४:४९
काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...
मंसिर २६ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...
मंसिर २६ गते, २०८२ - १४:१६
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...
मंसिर २६ गते, २०८२ - १४:००
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...
मंसिर २६ गते, २०८२ - १३:४६
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...
मंसिर २६ गते, २०८२ - १३:२७
म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्य...
मंसिर २५ गते, २०८२ - १६:५९
धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन् । बुधबार धरान–१९...
मंसिर २५ गते, २०८२ - १६:४३
वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...
मंसिर २५ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...




प्रतिकृया लेख्नुहोस्: