चितवन । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।
जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् । उनीहरुले आफ्ना मुद्दासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।
चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त छन् । आफ्ना सीमित मुद्दा लिएर जनतामाझ गएको उनले बताए ।
उनले भने “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उनले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताए ।
स्थिर सरकार स्वदेशमा रोजगार, शिक्षा स्वास्थ्य, आवासको सुविधा सर्वसुलभ बनाउन सके जनताको जीवनस्तरमाथि उठ्ने अठोटका साथ उनी चुनावी मैदानमा होमिनु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरु यस्तै मुद्दा र नाराका साथ निर्वाचनका लागि मतदाता सामू पुगेका छन् ।
क्षेत्र नम्बर २ मा छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार देवीका कुँवरले कृषि, शिक्षा स्वास्थ्य, लैंगिक समानता जस्ता मुद्दा बोकेर मतदातासँग मत माग्दै छन् ।
उनले भने, “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहँुचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उनले सामाजिक तथा लैङ्गिक समनता, विपन्न समूदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्वासीको दिगो समाधान लगायतका मुद्दा लिएर घरदैलो गर्दै आएका छन् ।
अर्का स्वतन्त्र उम्मेदवार अङ्गुर पन्त पनि चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा छन् । उनले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलव्ध सेवा सुबिधा जनतासम्म पु¥याउने बताउँदै आएका छन् । उनले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । त्यसैगरी स्वतन्त्र उम्मेदवार हरि तामाङ पार्टीभित्रको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संविधानसभा निर्वाचनपछि चर्चामा रहेको यस क्षेत्रमा राजनीतिक दलबाट आठ जना र १२ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । जसमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्नसय हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गर्ने छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना छन् ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नमबर २ अन्तर्गत प्रदेशसभा १ मा ६१ हजार नौ सय ७३ र प्रदेशसभा २ मा ६२ हजार दुई सय ४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार दुई सय ८६ र प्रदेशसभा २ मा ६५ हजार नौ सय ९६ जना मतदान छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: