Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सभ्यता नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिनेः डा कोइराला

खबरडबली संवाददाता

कावासोती । नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन् । चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए  । 

त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने दाबी गरे  । 

“कालीगण्डकी धार्मिक आस्थाको नदी हो, हाम्रो संस्कार र संस्कृति हो, आयोजनाले केही निश्चित व्यक्ति र समूदायलाई फाइदा होला तर प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको छ”, उनले भने । कोइरालाले डाइभर्सन निर्माण भए फाँट उजाड हुने, तापक्रम बढने र तापक्रमको असर मानवसँगै पशुपक्षी र चराचुरुङ्गीमा पनि पर्ने भएकाले पर्यावरणीय र धार्मिक महत्व  बोकेको नदीलाई डाइभर्सन गर्न नहुने बताएका हुन्  ।

“कुनै पनि हालतमा यो परियोजना अगाडि बढाउनु हुँदैन, यो धार्मिक तथा ऐतिहासिक नदी हो, आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र नदी हो, पानी डाइभर्सन भइसकेपछि यो क्षेत्र मरुभूमितुल्य हुन्छ, यस क्षेत्रमा नदीलाई नै आधार बनाएर लिफ्ट खानेपानी, सिँचाइका आयोजना सञ्चालन सुरु भएका छन्”, उनले भने ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सङ्घीय सरकारले कालीगण्डकी(तिनाउ डाइभर्सन आयोजना अगाडि बढाउँदा प्रभावित स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध गरेका थिए । बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भएपछि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका प्रभावित क्षेत्रमा पर्ने दश स्थानीय तहहरुले विरोध गरेपछि योजना स्थगित भएको थियो । 

प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा कालीगण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढाउने उल्लेख गरेपछि कालीगण्डकी प्रभावित जिल्ला पूर्वी नवलपरासी, पाल्पा, स्याङ्जा तनहुँलगायतका जिल्लामा विरोध सुरु भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending