Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

धानको समर्थन मूल्य तोकियो, गत वर्षको तुलनामा प्रतिक्विन्टल २१५ ले बढ्यो

खबरडबली संवाददाता

काठमाडौ । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल रु दुई सय १५ र मध्यम धानमा प्रतिक्विन्टल रु दुई सय २६ ले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल रु दुई हजार सात सय ५२ र मध्यम धानका लागि रु दुई हजार नौ सय दुई तोकेको थियो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ । चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ । 

त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु ३३ करोड विनियोजन गरेको छ । यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुनेछैन । 

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल रु एक सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ । गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र

मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending