Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

युक्रेन युद्धबारे रुससँग कुराकानीहरू गरिरहेको अमेरिकाद्वारा पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्।

न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको "हितमा" रहेको बताएका हुन्।

तर अधिकारीहरू "आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको" बताए।

ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो।

वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्।

वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।

रुसको कार्यमाथि टिप्पणी

गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले "रुसमा विनाशकारी परिणाम" निम्त्याउने मत राखेका थिए।

उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे "उल्लेख" गरेको प्रसारक एनबीसीसँग बताए।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले समाचारको पुष्टि गर्न स्वीकार गरेनन्। उनले भने, "मानिसहरू त धेरै कुराको दाबी गर्छन्।" यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमी पत्रिकाहरूले "थुप्रै मिथ्या खबर प्रकाशित गरेको" आरोप लगाए।

तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमवार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन्।

अमेरिकी राष्ट्रपति जो बाइडनका सबैभन्दा वरिष्ठ सल्लाहकारहरू मध्ये एक मानिने सुलिभानले मस्कोसँग सम्पर्क कायम राख्नु "द्वन्द्वबाट प्रभावित प्रत्येक देशको हितमा" भएको बताए।

युक्रेनसँग कस्तो आग्रह?

गत साता वाशिङ्टन पोस्टले वरिष्ठ अमेरिकी अधिकारीहरूले किएभलाई रुससँग वार्ता गर्नेबारे खुकुलो बन्न सङ्केत गर्न र राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहँदा युद्धको अन्त्य बारे छलफल नगर्ने निर्णय त्याग्न आग्रह गरिरहेको उल्लेख गरेको छ।

तर सुलिभानले न्यू योर्कमा आयोजित एक सार्वजनिक कार्यक्रममा बाइडन प्रशासनमाथि "उत्तरदायित्व पूरा गर्ने जिम्मेवारी" रहेको र "युक्रेनविरुद्ध गम्भीर र विडम्बनापूर्ण युद्ध अपराधका दोषीहरूलाई उनीले गरेको कामका लागि जिम्मेवार ठहराउन अन्तर्राष्ट्रिय निकायहरूसँग मिलेर काम गर्ने" प्रतिबद्धता जनाए।

"म शुक्रवार किएभमा थिएँ। त्यहाँ मैले राष्ट्रपति जेलेन्स्की र मेरा समकक्षी एन्ड्री एर्मार्कसहित सैन्य नेतृत्वसँग भेट्ने मौका पाएँ। त्यहाँ पुटिनको युद्धका कारण कुन स्तरको मानवीय र भौतिक क्षति भएको छ भन्ने जानकारी लिएँ," सुलिभानले भने।

पछिल्लो केही महिनायता रुसले गैरकानुनी रूपमा कब्जा गरेका पूर्वी र दक्षिणी युक्रेनका चार क्षेत्रहरूको रक्षा गर्ने प्रयासमा पारमाणविक हतियारहरू प्रयोग गर्न सक्ने चिन्ता बढेको छ।

यसैबीच युक्रेनले रणनीतिक रूपमा महत्त्वपूर्ण पाँच कम्पनीहरूको सम्पत्ति नियन्त्रण गर्न युद्ध-समयको मार्सल ल लागु गर्न आह्वान गरेको छ। तीमध्ये दुई ऊर्जा कम्पनीहरू रहेका छन् भने इन्जिन, सवारी साधन र ट्रान्सफर्मर बनाउने फर्महरू समावेश छन्। र, यी सबै रुससँग सहकार्य गरेको आशङ्कामा पक्राउ परेका एक कुलीन व्यक्ति सम्बन्धित छन्।

राष्ट्रपति जेलेन्स्कीले यो कदमले युक्रेनको रक्षा क्षेत्रलाई सेनाको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ जो हाल दक्षिणी र पूर्वी युक्रेनमा प्रतिरक्षामा संलग्न छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending