Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

युक्रेन युद्धबारे रुससँग कुराकानीहरू गरिरहेको अमेरिकाद्वारा पुष्टि

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्।

न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको "हितमा" रहेको बताएका हुन्।

तर अधिकारीहरू "आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको" बताए।

ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो।

वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्।

वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।

रुसको कार्यमाथि टिप्पणी

गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले "रुसमा विनाशकारी परिणाम" निम्त्याउने मत राखेका थिए।

उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे "उल्लेख" गरेको प्रसारक एनबीसीसँग बताए।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले समाचारको पुष्टि गर्न स्वीकार गरेनन्। उनले भने, "मानिसहरू त धेरै कुराको दाबी गर्छन्।" यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमी पत्रिकाहरूले "थुप्रै मिथ्या खबर प्रकाशित गरेको" आरोप लगाए।

तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमवार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन्।

अमेरिकी राष्ट्रपति जो बाइडनका सबैभन्दा वरिष्ठ सल्लाहकारहरू मध्ये एक मानिने सुलिभानले मस्कोसँग सम्पर्क कायम राख्नु "द्वन्द्वबाट प्रभावित प्रत्येक देशको हितमा" भएको बताए।

युक्रेनसँग कस्तो आग्रह?

गत साता वाशिङ्टन पोस्टले वरिष्ठ अमेरिकी अधिकारीहरूले किएभलाई रुससँग वार्ता गर्नेबारे खुकुलो बन्न सङ्केत गर्न र राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहँदा युद्धको अन्त्य बारे छलफल नगर्ने निर्णय त्याग्न आग्रह गरिरहेको उल्लेख गरेको छ।

तर सुलिभानले न्यू योर्कमा आयोजित एक सार्वजनिक कार्यक्रममा बाइडन प्रशासनमाथि "उत्तरदायित्व पूरा गर्ने जिम्मेवारी" रहेको र "युक्रेनविरुद्ध गम्भीर र विडम्बनापूर्ण युद्ध अपराधका दोषीहरूलाई उनीले गरेको कामका लागि जिम्मेवार ठहराउन अन्तर्राष्ट्रिय निकायहरूसँग मिलेर काम गर्ने" प्रतिबद्धता जनाए।

"म शुक्रवार किएभमा थिएँ। त्यहाँ मैले राष्ट्रपति जेलेन्स्की र मेरा समकक्षी एन्ड्री एर्मार्कसहित सैन्य नेतृत्वसँग भेट्ने मौका पाएँ। त्यहाँ पुटिनको युद्धका कारण कुन स्तरको मानवीय र भौतिक क्षति भएको छ भन्ने जानकारी लिएँ," सुलिभानले भने।

पछिल्लो केही महिनायता रुसले गैरकानुनी रूपमा कब्जा गरेका पूर्वी र दक्षिणी युक्रेनका चार क्षेत्रहरूको रक्षा गर्ने प्रयासमा पारमाणविक हतियारहरू प्रयोग गर्न सक्ने चिन्ता बढेको छ।

यसैबीच युक्रेनले रणनीतिक रूपमा महत्त्वपूर्ण पाँच कम्पनीहरूको सम्पत्ति नियन्त्रण गर्न युद्ध-समयको मार्सल ल लागु गर्न आह्वान गरेको छ। तीमध्ये दुई ऊर्जा कम्पनीहरू रहेका छन् भने इन्जिन, सवारी साधन र ट्रान्सफर्मर बनाउने फर्महरू समावेश छन्। र, यी सबै रुससँग सहकार्य गरेको आशङ्कामा पक्राउ परेका एक कुलीन व्यक्ति सम्बन्धित छन्।

राष्ट्रपति जेलेन्स्कीले यो कदमले युक्रेनको रक्षा क्षेत्रलाई सेनाको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ जो हाल दक्षिणी र पूर्वी युक्रेनमा प्रतिरक्षामा संलग्न छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending