Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

देव गुरुङको आरोप : एमाले भ्रष्टाचारीको गठबन्धन हो

खबरडबली संवाददाता

लमजुङ । लमजुङ जिल्लाबाट प्रतिनिधिसभाका उमेदवार देव प्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको उल्लेख गर्दै एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले परक गठबन्धन बनाउनुपरेको बताएका छन् ।

नेकपा माआवादी केन्द्रका महासचिव समेत रहेका उनले देश संकटको अवस्थामा आएको र त्यसलाई बचाउन लोकतान्त्रिक वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह पनि गरेका छन् । 

लोकतान्त्रिक बाम गठबन्धन राईनासको आइतबार भएको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।

एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ नेकपा एमालेले केही साना दलहरूलाई लिएर चुनावी मैदानमा आएको उल्लेख गर्दै गुरुङले सर्वसाधारणले देश बचाउने र संकटको अवस्थाबाट मुक्त गराउन आफ्नो मत दिनुपर्ने अवस्था आएको बताए ।

उनले नेकपा एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेकोले त्यसबाट मुक्त हुन गठबन्धनलाई मत दिनुपर्ने बताए । 

एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्नको लागि अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनको तर्क छ ।

लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए । राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र  भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे ।

२०७४ सालमा वाम गठबन्धन बनाएर निर्वाचनमा गएको, आवश्यक बहुमत पनि प्राप्त गरेको तर संविधानले दिएका मुख्य मान्यता र लोकतान्त्रिक संस्कारअनुसार काम गर्न नसक्नुमा केपी ओली मुख्य कारण रहेको विगतलाई कोट्याउँदै नेता गुरुङले एमालेका अध्यक्ष ओलीको तानाशाही चरित्रका कारण नेपाली जनताले चुनेर पठाएका प्रनिनिधिद्वारा निर्माण भएको संविधानलाई ध्वस्त बनाउने काम भएको बताए ।

गुरुङले भने- 'एमालेले गरेको संसद विघटन मात्रै थियो त ? हेर्दा त्यो सामन्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक संकटमा पुर्‍याउने खेल रचिएको थियो ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending