बागलुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए।
सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनले बताए । नेकपा एमालेले आगामी मङ्सिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भने ।
उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले मङ्सिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए। “हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ”, ओलीले भने, “अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।” कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...



प्रतिकृया लेख्नुहोस्: