Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

जुम्लामा त्रिपक्षीय भिडन्त : ज्ञानेन्द्र शाहीको 'इन्ट्री'ले ठुला दलमा हलचल

गाउँ पसे उम्मेदवार, आचारसंहितामा कडाइले भड्किलो प्रचार शैली फेरियो

खबरडबली संवाददाता

जुम्ला । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । 

प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश (२) मा १ स्वतन्त्रसहित चार जना उम्मेदवार छन् । 

विसं २०६४ मा नेकपा (माओवादी) केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । 

पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । 

एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ ।  एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको छ । 

राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार छ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ । राप्रपाको पाँच सय ४० मत रहेको छ ।  

प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धा 

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर,एमालेका रतननाथ योगी  र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन् । 

विसं २०७० को चुनावमा माओवादी केन्द्रबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई यसपालि सत्तारुढ दल  कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । 

गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि जिल्ला पार्टी इञ्जार्च तथा केन्द्रीय सदस्य पूर्व तिला गाउँपालिका अध्यक्ष भएका योगीलाई चुवानी मैदानमा खडा गरेको छ । 

विसं २०७४ मा एकमात्र स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन । 

जिल्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका राप्रपाका पार्टी प्रवक्ता शाही सत्ता गठबन्धनका र एमालेका बलिया उम्मेदवारलाई रोक्न उनको शक्तिलाई आम चासोको रुपमा यहाँ हेरिएको छ । उनले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ । 

गाउँ पसे उम्मेदवार

राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका छन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचारशैली फेरिएको छ । 

उम्मेदवारलाई जिताउन घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् । निर्वाचन आयोगले यही कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएपछि अहिले जिल्ला तहका नेता चुवानीसभालाई सम्बोधन गर्ने गाउँ केन्द्रित भएका छन् । 

मतदाता भेटघाटसँगै टोलटोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक थप बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा घरदैलो कार्यक्रममा राजनीतिक दल लागि परेका छन् । 

मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा राजनीतिक दलका उम्मेदवार केन्द्रित भएका छन् । 

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जुम्लामा (१) मा गठबन्धनबाट कांग्रेसका ललितजङ्ग शाहीविरुद्ध सोही दलबाट देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन् । ललितजङ्ग २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो भने देवेन्द्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतसँग हारेका थिए । 

कांग्रेसले टिकट नदिएपछि देवेन्द्र प्रदेशसभामा बागी बन्नुभएको हो । (१) मा एमालेका जिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा पनि चुनावी मैदानमा छन् । प्रदेशसभा (२) गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन् । 

उनी ०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट विजयी हुनुभएका थियो । रोकाया हाल कर्णाली प्रदेशका भौतिक तथा सहरी विकासमन्त्रीसमेत हुन्। (२) मा पनि गठबन्धनले बागी भोग्दै छ । 

कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन् । राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बृखबहादुर रावत पनि (२) बाट चुनावी मैदानमा छन् ।  आठवटा स्थानीय तह रहेको जिल्लामा ८३ मतदानस्थल र एक सय छ मतदान केन्द्र छन् । 

जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ जना रहेको छ । प्रदेश (१) को मतदाता सङ्ख्या ३६ हजार सात सय ८३ जना, प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending