Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

गाउँ गाउँमा चुनावीसभा गर्दै राजनीतिक दलहरु

खबरडबली संवाददाता

मान्मा । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै कालीकोटका राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा(एमाले), एकीकृत समाजवादी र अन्य राजनीतिक दलले गाउँ गाउँमा राजनीतिक दल चुनावीसभालाई तीव्रता दिएका हुन् । 

कालीकोटमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा(एमाले), वीपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा  छन् । आफ्नो पक्षमा मत माग्न ती दलले गाउँ गाउँमा भेलालाई तीव्रता दिएका हुन् । अहिले जिल्लाभर पालिकास्तरको भेला चलिरहेको र टोलटोलमा पनि कार्यक्रम सञ्चालन भइरहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद चौलागार्इंले जानकारी दिए  । “गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल जनता समाजवादीले संयुक्त निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी भेला गरिरहेका छन्” उनले भने, “मौन अवधि सुरु नहुँदासम्म हामीले चुनावी अभियानलाई तीव्रता दिने सोच बनाएका छौँ ।”

एमालेले अहिले पहिलो चरणको भेटघाट कार्यक्रम सकेर पालिका र टोलस्तरमा भेला गरिरहेको उक्त पार्टीका जिल्लाअध्यक्ष जसीप्रसाद पाण्डेले बताए  । “हाम्रा उम्मेदवारले घरदैलो भेटघाटका साथै चुनावी अभियानका रुपमा भेला गरिरहेका छन् ।” उनले भने, “मतदातामा हामी पार्टीको एजेण्डासहित पुगिरहेका छौँ ।”

राप्रपा नेपालले पनि जिल्लामा अहिले चुनावी प्रचारप्रचार  गर्दै आइरहेको उम्मेदवार धनबहादुर बुढाले बताए  । “हामीले जिल्लामा मतदाताका समस्या र गुनासो सुन्नाका साथै चुनाव लक्षित आमसभा गर्दै आएका छौँ,” उनले भने,  “जिल्लाभर नै हाम्रा पार्टीका नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।”

जिल्लामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही, एमालेबाट नगिन्द्र शाही, कांग्रेस वीपीबाट पार्टीका संस्थापक सभापति पङ्खबहादुर विष्ट, नेमकिपाबाट जिल्ला अध्यक्ष खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र स्वतन्त्ररुपमा माओवादीका लेखा आयोगका पूर्वसदस्य काशीचन्द्र बराल, कांग्रेसका पुराना नेता धनप्रसाद पाण्डेको उम्मेदवारी छ । 

त्यस्तै प्रदेशसभाका लागि १ (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही उम्मेदवार रहेका छन् ।  प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस वीपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्रबाट लक्ष्मण बमले उम्मेदवार रहेका छन्  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending