बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । बडिगाड गाउँपालिका–३ सिसाखानीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी कार्यक्रममा उहाँले मतदातालाई स्वतन्त्रपूर्वक आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे।
“सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउँछ”, मन्त्री पौडेलले भने । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे । “पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन”, उनले भने।
मुद्दा र देशको आवश्यकताका आधारमा पाँच दल एकठाउँ उभिएको मन्त्री पौडेलले बताए । संविधानका उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेको उनको भनाइ छ । मन्त्री पौडेलले चुनावपछि अहिलेकै गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिने र संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादोन्मुख राज्य व्यवस्थाको आधार खडा गर्ने बताए ।
सो क्षेत्रमा नेकपा ९एमाले० का उम्मेदवार मञ्जु शर्मा चालिसेसँग उहाँको प्रतिस्पर्धा हुँदैछ । विसं २०७४ को चुनावमा पनि मन्त्री पौडेल बागलुङ २ बाट निर्वाचित भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...



प्रतिकृया लेख्नुहोस्: