Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

दाङ–३ मा चुनावी गतिविधि तीव्र

खबरडबली संवाददाता

दाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि  गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि  विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । सो क्षेत्रमा गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

कांग्रेसबाट केन्द्रीय सदस्य दीपक गिरी, एमालेबाट कोमल वलीसहित सो निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै राष्ट्रिय प्रजाजन्त्र पार्टीबाट ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी, जनता समाजवादी पार्टीबाट देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीबाट रणेन्द्रविक्रम केसी र  नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी प्रतिस्पर्धामा छन्  ।

यस्तै स्वतन्त्रबाट घनश्याम डाँगी, टोपेन्द्र बस्नेत, तिलक खड्का, भूपबहादुर भण्डारी, लीलाधर न्यौपाने, हेमन्तबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टीबाट शालिकराम चौधरी चुनावी मैदानमा छन् । विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गिरी २०५१ सालयता यो क्षेत्रमा तीनपटक निर्वाचन लडिसकेका छन् । चौथोपटक संसद्को यात्राका लागि प्रतिस्पर्धामा रहेका  गिरी यसअघि २०७४ सालमा एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए । उनी  २०७० सालमा विजयी हुँदै  सिँचाइमन्त्री बनेका थिए । पूर्व पूर्वसञ्चारकर्मी वली भने र राष्ट्रिय सभासदस्य भइसकेका छन् । 

यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ देखि १५ वडा, बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका पर्दछन् । गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा तुलसीपुरका आठवटा वडामा गठबन्धनले जित हासिल गरेका छन् भने अन्य वडा र प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ ।

त्यस्तै शान्तिनगर, बबई र दङ्गीशरणमा कांग्रेसले गठबन्धन नगरी आफ्ना उम्मेदवार उठाएको थियो । ती पालिकामा कांग्रेसले विजयी भएको थियो । “सिँचाइमन्त्री हुँदा गरेका विकास निर्माणका कामको जनताले मूल्याङ्कन गरिसकेकाले मत पाउनेमा ढुक्क छु”, उनले भने । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले पनि जित सुनिश्चत रहेको गिरीको भनाइ छ ।

एमालेका उम्मेदवार वली गठबन्धन हुँदा स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा जितेकाले आफू चुनाव जित्नेमा ढुक्क हुन् । उनी भन्छन्, “यस क्षेत्रको विकासका आफू लागिरहेको र राष्ट्रियसभा सदस्य हुँदा यहाँको विकासका लागि सक्दो प्रयास गरेकाले मेरो जित निश्चित छ ।” यो क्षेत्रमा वली पहिलोपटक उम्मेदवार बनेका हुन् । क्षेत्र नं ३ मा एक लाख ४८ हजार चार सय ७५ मतदाता छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending