काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।
निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो ।
पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा रु ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति रु तीन अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात रु ३८ करोड ९० लाख ८५ हजार छ ।
त्यस्तै निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी रु १७ अर्ब ८१ करोड छ लाख १३ हजार छ । बैंकको चुक्ता पुँजी रु २१ अर्ब ६० करोड छ भने कूल सम्पत्ति रु २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी रु सात दशमलब ०१ छ ।
आर्थिक वर्ष २०७७र७८ को तुलनामा आव २०७८र७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर रु एक अर्ब दुई करोड २५ लाख ५८ हजार पुगेको छ । गत आवमा बैंकको सञ्चालन खर्चमा एक सय २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: