Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बागलुङका बाढीपीडित भन्छन्–‘हाम्रो पीडा बुझ्नेलाई भोट’

खबरडबली संवाददाता

बागलुङ । प्रतिनिधि सभा तथा प्रदेश  निर्वाचन नजिकिएसँगै बागलुङमा चुनावी सरगर्मी बढेको छ । गाउँदेखि सहरसम्म जताततै उम्मेदवार र राजनीतिक दलका नेता मतदाता रिझाउन व्यस्त छन् तर ढोरपाटनका बाढीपीडितलाई कुनै रौनकले छुन सकेको छैन । एक सातायता उनीहरुका घरमा उम्मेदवार विभिन्न आश्वासन देखाएर भोट माग्न पुगिरहेका छन् तर, यसपटक ढोरपाटनका बाढीपीडितले सजिलै भोट दिने छैनन् । 

पटक–पटक चुनाव जिताएर पठाएका प्रतिनिधिले आफ्ना लागि केही काम गर्न नसकेपछि उनीहरुले अहिले गरिब दुःखीको पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिने योजना बनाएका छन् । बाढीपीडित कुलबहादुर विक भन्छन्, “नेताहरु चुनावका बेलामात्रै भोट माग्न आउँछन्, अनेक प्रलोभन देखाउँछन्, धेरै पटक चुनाव जिताएर पठायौँ, हाम्रा लागि भने केही गरेनन्, यस पटक जसले हाम्रो पीडा बुझ्छ उसैलाई भोट दिने छौँ ।”

उनले आफूहरु अशिक्षित र दुर्गममा भएका कारण अनेक समस्यासँग झेल्नुपरेको भन्दै चुनावका बेला आउने नेताले आशा मात्रै देखाउने तर काम भने नगरेको बताए । बाढीले सिङ्गो भुजीखोलावासीलाई घरबास र आफन्तविहीन बनाउँदा पनि आफूहरुले जिताएको प्रतिनिधिले दुखेको घाउमा मलम लगाउन नसकेको विकले गुनासो पोखे ।

उनी भन्छन् “हामी अनपढ छौँ, दुर्गम गाउँमा छौँ, हाम्रो गाउँठाउँमा विकास हुन सकेको छैन, जब चुनाव आउँछ तब नेता दिनरात घरमा आएर धर्ना दिन्छन्, चुनाव सकियो भने फर्किएर पनि आउँदैनन्, दुई वर्ष अगाडि बाढीले हामीलाई घर न घाटको बनायो, आफन्त बगायो, त्यो बेला कोही आएनन्, केहीले त थोरै सहयोग गरे तर नेता हुँ भन्नेले नाक मुख देखाएनन्, अहिले भोट माग्न दिनदिनै आउँछन्, उनीहरुलाई किन हाम्ले भोट दिने ?”

बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चार जना बगाएको थियो । आफन्त र भए भरको सम्पत्ति गुमाएपछि विकले ऋणधन घरेर ढोरपाटनमा सानो घर बनाएको भन्दै त्यसको ऋण तिर्न अहिले हम्मेहम्मे भएको बताए । विकले विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख राहत पाए पनि घर बनाएको अझै रु चार लाख ऋण थुप्रिएको बताए ।

“सुरुमा केही समयोग पाएर घर बनाइयो, थप सहयोग पाइन्छ भने पनि अहिलेसम्म पाउन सकिएको छैन, विभिन्न सङ्घ संस्थाले सहयोग गरेको रु दुई लाख त पाइयो, प्रदेश सरकारले दिने भनेको रु ५० हजार आएन, घर बनाउँदा रु छ लाख ऋण लाग्यो, रु चार लाख त मेरो काँधमाथि छ, बरु घर बनाएर सानो छाप्रो बनाएर बस्नु पर्ने रैछ”, उनले निरास हुँदै भने ।

अर्का बाढीपीडित लिलमाया विकले पनि यसपालि भोट नहाल्ने योजना बनाएको बताउछन् । उनले भोट हाल्नै परे बाढीपीडितलाई सहयोग गर्ने उम्मेदवारलाई मात्रै हाल्ने बताए । आफूहरुलाई नेताले चुनावका बेला भ्रममा पारेर भोट माग्ने गरेको भन्दै अब भ्रममा नपर्ने उनको भनाइ छ । “अहिलेसम्म मैले धेरै पटक भोट हाले, भोट हालेर मैले केही पाएन, गाउँले केही पाउन सकेन, नेतामात्रै बने, गरिब, पीडितको दुःख जहाँको त्यही भयो, अहिले भोट हाल्नै परे बाढीपीडितलाई जसले सहयोग गर्छ, उसैलाई भोट दिने हो ।

बाढीले विकको घरसहित छोरा, बुहारी बगाएको थियो । उनले पनि अहिलेसम्म पाउनु पर्ने राहत पूरै पाउन नसकेको गुनासो गरे । केही नेताले बाढी आएको बेला राहत दिलाइ दिने आश्वासन दिए पनि अहिलेसम्म दिन लाउनन सकेको बताए । “सरकारले दिने राहत त अहिलेसम्म पाउन सकेका छैनौँ, अरु त झन हामीलाई कसले दिन्छ र ?, बाढी आएको धेला केही नेता आएर हामी राहत दिलाइ दिन्छौँ भनेर आश्वासन दिए तर अहिलेसम्म उनीहरुले दिलाउन सकेनन्”, विकले भने।

बाढीमा जीवन सङ्गीनीसहित तीन सन्तान गुमाउनुभएका निमप्रकाश विकले पनि आफूहरुका माग पूरा गर्ने नेतालाई भोट दिने बताए । उनले बाढीले भए भरको सम्पत्ति र परिवारका सबै सदस्य बगाएको दुई वर्ष बितिसक्दा पनि कुनै नेताले सहयोग नगरेको गुनासो गरे । उनले अहिले दिनदिनै नेता भोट माग्न आएको भन्दै उनीहरुलाई भोट नदिने भनेर फर्काइ दिएको बताए ।

“आफ्नो दुःखका बेला कसैले हेर्ने होइन, चुनाव आयो भने घरमा आएर काम गर्ने उछार दिँदैनन्, आफ्नो पीडा एकातिर छ, उनीहरुले बुझ्ने होइन, हाम्रो भोट उनीहरु नेता बन्ने, मन्त्री बन्ने हामीलाई केही न केही”, उनले भन्नुभयो, “मैले त घरमा आउने सबैलाई भोट दिन्न भनेर फर्काइदिन्छु, केहीले त घर बनाइदिन्छौँ, सहयोग गर्छौं पनि भन्छन्, चुनाव जितेपछि उही होला पारा ।”

बाढीले विकको श्रीमती, तीन छोरा भए भरको जायजेथा सबै बगाएको थियो । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीमा परी ३८ बढीले ज्यान गएको थयो । तेइस जनाको शव फेला परे पनि १५ अहिलेसम्म बेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, ढलान पुल पाँच काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending