काठमाडौं । पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक पार्टी परित्याग गरेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा क्षेत्र नं १ का इन्चार्ज बाबुराम कौशिकका अनुसार पार्टीको निर्णयप्रति असन्तुष्ट नेता कार्यकर्ताहरुको शनिबार बैठक बसेको थियो ।
एमाले नेतृत्व जनउत्तरदायी हुनुको साटो जनभावना र पार्टीको मर्म विपरीत गएकोले बाध्य भएर पार्टी परित्याग गरेको कौशिकले बताए ।
‘एउटा राष्ट्रियताको नारा लगाउने, अर्को मधेसको मसिहा बन्ने, जसपा र एमालेको गठबन्धन अपवित्र छ । तेल र पानीको समिश्रण जस्तै हो’ उनले भने, ‘जसका कारण जनता, नेता, कार्यकर्ता मारमा परेका छन् । जन चाहना अनुसार स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा लागेका छौं ।’
नेता कौशिक प्रभु साहको ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ पर्साका संयोजक छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: