Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

चुनावमा 'कालो धन' प्रयोग हुन नदिन सरकारी निकाय चनाखो

'चुनावका बेलामा दक्षिण एशियामा नै आर्थिक अपराध बढी हुन्छन्'

खबरडबली संवाददाता

काठमाडौं । आम निर्वाचनका बेला अवैध रूपबाट आर्जन गरिएको धन परिचालन हुने वा अन्यत्रबाट देशमा भित्रिन सक्ने भन्दै त्यस्ता धनको निगरानी गर्ने निकायहरूले आफूहरू "चनाखो" अवस्थामा रहेको बताएका छन्।

उनीहरूका भनाइमा "मुख्य चाडपर्व र निर्वाचन"का बेलामा त्यस्ता धन परिचालन हुने सम्भावना सधैँ बढी हुने गर्छ।

तर त्यसलाई नियन्त्रण गर्न आफूहरूले सबैखाले सम्बन्धित निकायहरूसँग समन्वय र सूचना आदानप्रदान गरिरहेको उनीहरूको भनाइ छ।

नेपाल राष्ट्र ब्याङ्कका एक जना पूर्व गभर्नरले पनि "निर्वाचनका बेला अदृश्य स्रोतको धन" परिचालन हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने निकायहरू विशेष सतर्क बन्नुपर्ने सुझाव दिएका छन्।

स्रोत नखुलेको सम्पत्ति

नेपाल प्रहरीका अनुसार पछिल्ला दिनहरूमा "छिटपुट रूपमा" स्रोत नखुलेको रकमहरू भेटिन थालेको छ।

मङ्गलवार बेलुका मात्र धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै मङ्गलवार दिउँसो अवैध हुन्डी कारोबारमा संलग्न रहेको शङ्कामा काठमाण्डूबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनीहरूलाई ४१ लाख ९६ हजार रुपैयाँ सहित पक्राउ गरिएको थियो। यस्ता गतिविधिलाई कतिपयले आसन्न निर्वाचनसँग जोडेर पनि हेर्ने गरेका छन्।

यद्यपि त्यसबारे ठोस प्रमाण पाउन कठिन हुने बताइन्छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राई पनि "चाडपर्व र निर्वाचनका बेलामा आर्थिक अपराध बढ्ने" स्वीकार्छन्।

उनले भने, "चुनावका बेलामा हाम्रोमा मात्र होइन दक्षिण एशियामा नै आर्थिक अपराध बढी हुने गर्छ।"

चुनाव लक्षित निगरानी

राईले अघिल्ला चुनावहरूका अनुभवलाई पनि हेरेर प्रहरीले यसपालिको चुनावमा त्यस्ता गतिविधि नहोस् भनेर विशेष सतर्कता अपनाएको बताए।

उनले भने, "हामीले आफ्नो गुप्तचरहरू प्रयोग गरिरहेका छौँ। चुनावमा त्यस्ता (कालो धन प्रयोग) गतिविधि नहुन् भनेर निगरानी गरिरहेका छौँ।"

"पहिलेका चुनावमा पनि केही स्थानमा रकमहरू बरामद गरेको अवस्था छ। त्यसैले सूचना सङ्कलन गर्ने र निगरानी गर्ने गरिरहेका छौँ।"

"निर्वाचन विशेष सुरक्षा कार्ययोजनामा पनि यो कुरा परिहाल्छ हामी त्यसै अनुसार जनशक्ति परिचालन गरिरहेका छौँ।"

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी ऋषिराम पोखरेल विभिन्न सूचनाका आधारमा "हुनसक्ने त्यस्ता खाले गतिविधि"बारे आफूहरू सतर्क रहेको बताउँछन्।

उनले भने, "त्यस्ता गतिविधि हुनसक्ने कुरालाई मध्यनजर गरेर हामीले गतिविधिहरूलाई नियाल्ने, चनाखो हुने र प्रहरीसँगको सहकार्य एवम् सूचना आदानप्रदान भए अनुसार अनुसन्धान गर्ने गरिरहेका छौँ।"

"विभिन्न निकायहरूसँग सहकार्य तथा सूचना आदानप्रदान भइरहेको छ। हाम्रो कार्य योजनामा त्यसलाई समेटेका छौँ।"

नेपाल राष्ट्र ब्याङ्कका सह प्रवक्ता नारायणप्रसाद पोखरेल चाहिँ चुनावका बेलामा मात्र होइन राष्ट्र ब्याङ्क यस्ता कुरामा सधैँ चनाखो रहेको बताउँछन्।

उनी भन्छन्, "हामीले विकास गरेको प्रणाली र नियमका हिसाबले पनि त्यस्तो पैसा आएको शङ्का लागे स्वतः हामीसम्म सूचना आइपुग्छ। चुनाव हुँदा पनि नहुँदा पनि हामी यस्तो विषयमा चनाखो रहेका छौँ।"

पूर्व गभर्नर के भन्छन्?

एक जना पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री "शक्ति र स्रोत"को सम्बन्ध अन्योन्याश्रित हुने गरेकाले चुनावका बेला विभिन्न माध्यमबाट धन खर्च हुने ठान्छन्।

तर त्यसको ठोस प्रमाणको अभाव हुने भएकाले तोकेरै भन्न नसकिने उनको मत छ।

"शक्ति र स्रोतको त्यस्तो अन्योन्याश्रित सम्बन्ध हुने भएकाले नै यति बेला आफूले चाहेको मान्छेलाई जनप्रतिनिधि बनाउन सकेमा पछि नीतिगत फेरबदल गरेर पनि हामी फाइदा लिन सक्छौँ भन्ने हुने रहेछ," उनले भने।

"त्यसका लागि मानिसहरूले पैसा खर्च गर्ने रहेछन्, त्यसको स्रोत के हो भन्ने अनौपचारिक रूपमा खर्च भएकाले ठम्याउन नसकिने पनि हुनसक्छ।"

कतिपयले अहिले तरलता अभाव रहेका बेलामा जसरी भए पनि पैसा आए राम्रै हुन्छ भन्ने पनि ठान्ने गरेको उनको भनाइ छ।

तर त्यसले देशको अर्थतन्त्रलाई मात्र नोक्सान गर्ने होइन, राज्य विप्लव तथा हातहतियारमा समेत खर्च हुने अवस्था बन्नसक्ने चेतावनी उनी दिन्छन्।

उनी भन्छन्, "त्यसैले यस्ता कुरालाई नियन्त्रण गर्न राज्यका संयन्त्रहरूले कदम चाल्नुपर्छ र त्यस्ता संयन्त्रमा बस्ने व्यक्ति पनि इमानदार हुनुपर्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending