Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

चुनावमा 'कालो धन' प्रयोग हुन नदिन सरकारी निकाय चनाखो

'चुनावका बेलामा दक्षिण एशियामा नै आर्थिक अपराध बढी हुन्छन्'

खबरडबली संवाददाता

काठमाडौं । आम निर्वाचनका बेला अवैध रूपबाट आर्जन गरिएको धन परिचालन हुने वा अन्यत्रबाट देशमा भित्रिन सक्ने भन्दै त्यस्ता धनको निगरानी गर्ने निकायहरूले आफूहरू "चनाखो" अवस्थामा रहेको बताएका छन्।

उनीहरूका भनाइमा "मुख्य चाडपर्व र निर्वाचन"का बेलामा त्यस्ता धन परिचालन हुने सम्भावना सधैँ बढी हुने गर्छ।

तर त्यसलाई नियन्त्रण गर्न आफूहरूले सबैखाले सम्बन्धित निकायहरूसँग समन्वय र सूचना आदानप्रदान गरिरहेको उनीहरूको भनाइ छ।

नेपाल राष्ट्र ब्याङ्कका एक जना पूर्व गभर्नरले पनि "निर्वाचनका बेला अदृश्य स्रोतको धन" परिचालन हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने निकायहरू विशेष सतर्क बन्नुपर्ने सुझाव दिएका छन्।

स्रोत नखुलेको सम्पत्ति

नेपाल प्रहरीका अनुसार पछिल्ला दिनहरूमा "छिटपुट रूपमा" स्रोत नखुलेको रकमहरू भेटिन थालेको छ।

मङ्गलवार बेलुका मात्र धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै मङ्गलवार दिउँसो अवैध हुन्डी कारोबारमा संलग्न रहेको शङ्कामा काठमाण्डूबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनीहरूलाई ४१ लाख ९६ हजार रुपैयाँ सहित पक्राउ गरिएको थियो। यस्ता गतिविधिलाई कतिपयले आसन्न निर्वाचनसँग जोडेर पनि हेर्ने गरेका छन्।

यद्यपि त्यसबारे ठोस प्रमाण पाउन कठिन हुने बताइन्छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राई पनि "चाडपर्व र निर्वाचनका बेलामा आर्थिक अपराध बढ्ने" स्वीकार्छन्।

उनले भने, "चुनावका बेलामा हाम्रोमा मात्र होइन दक्षिण एशियामा नै आर्थिक अपराध बढी हुने गर्छ।"

चुनाव लक्षित निगरानी

राईले अघिल्ला चुनावहरूका अनुभवलाई पनि हेरेर प्रहरीले यसपालिको चुनावमा त्यस्ता गतिविधि नहोस् भनेर विशेष सतर्कता अपनाएको बताए।

उनले भने, "हामीले आफ्नो गुप्तचरहरू प्रयोग गरिरहेका छौँ। चुनावमा त्यस्ता (कालो धन प्रयोग) गतिविधि नहुन् भनेर निगरानी गरिरहेका छौँ।"

"पहिलेका चुनावमा पनि केही स्थानमा रकमहरू बरामद गरेको अवस्था छ। त्यसैले सूचना सङ्कलन गर्ने र निगरानी गर्ने गरिरहेका छौँ।"

"निर्वाचन विशेष सुरक्षा कार्ययोजनामा पनि यो कुरा परिहाल्छ हामी त्यसै अनुसार जनशक्ति परिचालन गरिरहेका छौँ।"

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी ऋषिराम पोखरेल विभिन्न सूचनाका आधारमा "हुनसक्ने त्यस्ता खाले गतिविधि"बारे आफूहरू सतर्क रहेको बताउँछन्।

उनले भने, "त्यस्ता गतिविधि हुनसक्ने कुरालाई मध्यनजर गरेर हामीले गतिविधिहरूलाई नियाल्ने, चनाखो हुने र प्रहरीसँगको सहकार्य एवम् सूचना आदानप्रदान भए अनुसार अनुसन्धान गर्ने गरिरहेका छौँ।"

"विभिन्न निकायहरूसँग सहकार्य तथा सूचना आदानप्रदान भइरहेको छ। हाम्रो कार्य योजनामा त्यसलाई समेटेका छौँ।"

नेपाल राष्ट्र ब्याङ्कका सह प्रवक्ता नारायणप्रसाद पोखरेल चाहिँ चुनावका बेलामा मात्र होइन राष्ट्र ब्याङ्क यस्ता कुरामा सधैँ चनाखो रहेको बताउँछन्।

उनी भन्छन्, "हामीले विकास गरेको प्रणाली र नियमका हिसाबले पनि त्यस्तो पैसा आएको शङ्का लागे स्वतः हामीसम्म सूचना आइपुग्छ। चुनाव हुँदा पनि नहुँदा पनि हामी यस्तो विषयमा चनाखो रहेका छौँ।"

पूर्व गभर्नर के भन्छन्?

एक जना पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री "शक्ति र स्रोत"को सम्बन्ध अन्योन्याश्रित हुने गरेकाले चुनावका बेला विभिन्न माध्यमबाट धन खर्च हुने ठान्छन्।

तर त्यसको ठोस प्रमाणको अभाव हुने भएकाले तोकेरै भन्न नसकिने उनको मत छ।

"शक्ति र स्रोतको त्यस्तो अन्योन्याश्रित सम्बन्ध हुने भएकाले नै यति बेला आफूले चाहेको मान्छेलाई जनप्रतिनिधि बनाउन सकेमा पछि नीतिगत फेरबदल गरेर पनि हामी फाइदा लिन सक्छौँ भन्ने हुने रहेछ," उनले भने।

"त्यसका लागि मानिसहरूले पैसा खर्च गर्ने रहेछन्, त्यसको स्रोत के हो भन्ने अनौपचारिक रूपमा खर्च भएकाले ठम्याउन नसकिने पनि हुनसक्छ।"

कतिपयले अहिले तरलता अभाव रहेका बेलामा जसरी भए पनि पैसा आए राम्रै हुन्छ भन्ने पनि ठान्ने गरेको उनको भनाइ छ।

तर त्यसले देशको अर्थतन्त्रलाई मात्र नोक्सान गर्ने होइन, राज्य विप्लव तथा हातहतियारमा समेत खर्च हुने अवस्था बन्नसक्ने चेतावनी उनी दिन्छन्।

उनी भन्छन्, "त्यसैले यस्ता कुरालाई नियन्त्रण गर्न राज्यका संयन्त्रहरूले कदम चाल्नुपर्छ र त्यस्ता संयन्त्रमा बस्ने व्यक्ति पनि इमानदार हुनुपर्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE