Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

\"Sushil_Koirala\"काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमाङ्कनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंसा थेग्न नसक्ने भन्दै लामो सङ्घर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान रेडियो नेपालको भूकम्पपीडितलाई सहयोगार्थ रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘सङ्घीयताको कतिपय कुरा टुङ्गेकै छैन, तर आन्दोलन र आक्रोश बढेको छ, हिंसात्मक घटना हुनु दुःखद हो । यसले नकारात्मक सन्देश गएको छ । जनताको मागप्रति चार दलका शीर्षनेताले सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेका छौँ । मुलुकमा अमनचयन कायम गर्न र समस्त जनताले चाहेका हकअधिकारलाई संस्थागत गर्न आन्दोलन फिर्ता लिन आन्दोलनरत पक्षलाई विनम्र अनुरोध गर्दछु ।’ भूकम्पको विपद्पछि मुलुकको विकासका लागि अन्तिम अवसर आएको र छिमेकी राष्ट्रको सहयोग सद्भाव बढेको भन्दै उनले चाँडो लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी संविधानमा सबै जनताको अधिकार समावेश हुने विश्वास दिलाए । विपद्का बेला सरकारी सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति सराहना गर्दै प्रधानमन्त्री कोइरालाले विश्वसनीयतालाई संस्थागत गर्न वस्तुगत र तथ्यपरक विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले भूकम्पको विपदमा सरकारी सञ्चारमाध्यमले सत्यतथ्य समाचार निरन्तर सम्प्रेषण गर्न कति महत्वपूर्ण भूमिका हुन्छ भन्ने उदाहरण रेडियो नेपालले प्रमाणित गरेको भन्दै जोखिपूर्ण कामको कदर गर्दै यसपटक रेडियोको बजेट वृद्धि गरिएको जानकारी दिए । मन्त्री डा रिजालले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक सेवा प्रसारणको अवधारणामा लैजाने काम निकै अघि बढिसकेको र नयाँ ऐन ल्याएर टुङ्ग्याउनेबारे छलफल चलिरहेको बताए । सो अवसरमा रेडियो नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई रु १७ लाख एक हजार ८६४ रकम सहयोग गरेको छ । रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक धनेन्द्रबिमल क्षेत्रीले सहयोग रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदी, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्ल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending