Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दरबार हत्याकाण्डबारे तारानाथ रानाभाटको सनसनीपूर्ण बयान

\"ranabhat\"काठमाडौं२०५८ सालमा भएको दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान्यायाधीशको नेतृत्वमा बनेको छानविन समितिमा सभामुख तानाराथ रानाभाट पनि सदस्य थिए । उनै रानाभाटले छानविनपछि प्रतिवेदन पढेका थिए । तर, पढ्दै गर्दा उनलेको प्रस्तुतिलाई लिएर निक्कै टिकाटिप्पणी पनि भएको थियो । संवेदनशील घटनामा हल्काफुल्का टिप्पणी गरिएकोमा रानाभाटप्रति धेरै क्रुद्ध पनि भए । तर, उनी किन त्यसरी उत्तेजित हुन पुगे ? आजको नयाँ पत्रिका दैनिकमा छापिएको खबरमा उनको सनसनीपूर्ण बयान यस्तो छ : ०५८ जेठ १९ पछि सैनिक अस्पताल छाउनीमा प्रतिपक्षी नेता र कानुनका विज्ञसमेत राखेर छलफल भयो । प्रधानन्यायाधीश केशव उपाध्याय हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा दरबार हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउने समिति बनाउने तय भयो । केशवजीले प्रतिनिधिसभाको सभामुख र प्रतिपक्षी दलको नेता राखिने हो भने अध्यक्षता गर्न तयार छु भन्नुभयो । गिरिजाबाबु, म र माधव नेपाल सँगै निस्कियौँ । निस्किँदै गर्दा माधव नेपालले के मलाई पनि समितिमा राख्लान् भन्ने आशंका व्यक्त गर्नुभयो । तर, उहाँलाई समितिमा राख्ने निश्चित थियो, राखियो पनि । तर, माधवजीले त्यसलाई स्विकार्नुभएन । भरतमोहनजीको नाम माधवजीले त्यतिवेला सिफारिस गर्नुभएको थियो । तर, दरबारले यो सिफारिस मानेन । हामीले दरबारको निर्णयका लागि पूरै एक दिन कुरेका थियौँ । अनुसन्धान होइन, मुचुल्का उठाउने दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्यो । समितिलाई दिइएको जिम्मेवारीमा विस्तृत विवरण उतार्ने भन्ने थियो । न्याय निरूपण गर्ने र दोषी पत्ता लगाउनेबारे जिम्मेवारीमा केही उल्लेख थिएन । घटनाको प्रकृति विवरण मात्र संकलन गर्न आयोग बनेको थियो । जसमा म र प्रधानन्यायाधीश थियौँ । हामीले काम सुरु गर्‍यौँ । दरबारमा गोली चलेका ठाउँ, रगतका टाटा देखिएका ठाउँलगायतका विवरण संकलन गर्‍यौँ । कपडा, जुत्ता भेटिएका ठाउँबारे पनि लेख्यौँ । दरबारका जीवित सदस्यसँग कुरा गर्‍यौँ । पियन, गार्ड, भान्सेलगायत कर्मचारीसँग पनि कुराकानी गर्‍यौँ । त्यहीअनुसार रिपोर्ट बनायौँ । कुनै दुर्घटनामा प्रहरीले आएर मुचुल्का उठाएजस्तै हामीले दरबार हत्याकाण्डको मुचुल्का उठाएका थियौँ । त्यो मुचुल्का सिलबन्दी गरेर हामीले राजालाई बुझायौँ । उनले त्यो पोको खोल्दै नखोली प्रधानमन्त्रीलाई दिए । सरकारलाई त्यो मुचुल्का अध्ययन गरेर मुद्दा चलाउने–नचलाउने, यथार्थ बाहिर ल्याउने जिम्मेवारी थियो । तर, सरकारको यसमा चासो थियो–थिएन भन्नेतिर मैले कहिल्यै सोचिनँ । रिपोर्ट पढेर भाग्ने हतारो दरबारको स्वीकृतिपछि संसद् सचिवालयका सचिव, सर्वोच्च अदालतका रजिस्ट्रार र न्यायाधीशको सहयोगमा हामीले त्यो मुचुल्काको सारांश तयार पार्‍यौँ । त्यही सारांश मैले दरबार हत्याकाण्डबारे प्रतिवेदनका रूपमा प्रस्तुत गरेको हुँ । मेरो त्यो प्रस्तुतिका विषयमा अनेक टीकाटिप्पणी भए । तर, मैले रिपोर्टमा जे थियो, त्यही पढेको हुँ । पढ्दै गर्दा मलाई अत्यन्तै हतार भइसकेको थियो । छिटो पढिसकेर हामी त्यहाँबाट ‘स्केप’ हुन चाहन्थ्यौँ । रिपोर्टमा भएका शब्द पहिले ख्याल गरिएन, पढ्दै गर्दा त्यहाँका शब्दले मलाई हतार गर्न बाध्य बनाए । यो विषयमा कतैबाट ‘प्रेसर’ थिएन । आफैँमा ‘टेन्सन’ थियो । ‘भटट‘’ मेरो शब्द होइन रिपोर्टमा धेरै ठाउँमा भटट‘ भन्ने शब्द थियो । त्यो मेरो शब्द होइन । रिपोर्टमै लेखिएको थियो । हो, मेरो प्रस्तुति हल्काफुल्का भयो होला, तर मैले जे लेखिएको थियो, त्यही पढेँ । म पनि एउटा मान्छे हुँ । ममा पनि संवेदना छ । ममा पनि भावना छ । त्यो रिपोर्ट पढ्दा पनि ममा त्यही भावना–संवेदनाले काम गरेको थियो । कोही मान्छे खुकुरी वा बन्दुक बोकेर हिँडिरहेको छ भने उसमा उत्तेजना हुनु स्वाभाविक हो । त्यो अव्यक्त पनि हुन सक्छ । म पनि कुनै ढुंगाको मान्छे त होइन नि, लगातार ठडिएर पढिरहन सक्ने । पढ्दै गर्दा मेरो पनि हाउभाउ परिवर्तन भयो होला । बन्दुक बोकेर हिँड्दा कहाँ चरो भेटिन्छ, कसलाई ठोकूँ–ठोकूँ भन्ने हुन सक्छ । यो स्वाभाविक हो । मलाई पनि त्यस्तै उत्तेजना भयो होला । कलम लिएको मान्छे केही लेख्न नपरे पनि खाली कागजमा केरमेर गरिरहेको हुन्छ । हातमा जे वस्तु हुन्छ, त्यहीअनुसार हाउभाउ हुन सक्छ । तर, यस्तो विषयलाई लिएर एउटा बुझेको मान्छेले राजनीतिमा प्रहार गर्दैन । भलाद्मी, विज्ञ, राजनीतिज्ञलाई यस्तो टिप्पणी गर्न सुहाउँदैन पनि । त् यो दिन प्रतिवेदन पढ्दाको सन्दर्भलाई लिएर केही तुच्छहरूले नकारात्मक टिप्पणी गर्छन् भने मैले जवाफ दिनुपर्दैन, मेरो जवाफ हुँदैन । कसैलाई मेरो प्रस्तुति नौलो लाग्यो होला, तर म त्यसलाई अस्वाभाविक मान्दिनँ । कहिलेकाहीँ अत्यन्त पीडा हुँदा मान्छे रुँदैन, हाँस्छ । यस्ता घटनामा मनोविज्ञानका पक्षलाई पनि ख्याल गर्नुपर्छ । जानी–जानी चरित्र हत्या गर्न निस्तेज गराउन, निषेध गर्न यस्ता टिप्पणीलाई हतियार बनाउँछन् भने बनाइराखून् । मलाई कुनै पर्वाह छैन । तर, त्यही रिपोर्ट पढेकै आधारमा मलाई राजनीतिक रूपमा अप्ठ्यारो परेको भन्ने होइन । पार्टीभित्रकै राजनीतिले मलाई अप्ठ्यारोमा पारिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending