Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

विभिन्न बजारमा देखिन्नन् सयपत्री माला, प्लास्टिकका मालाको भर

खबरडबली संवाददाता

मुसिकोट  । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्री राखिएका छन् । 

बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् । भाइ टीकाको दिन नजिकिँएसँगै सदरमुकाम खलङ्गा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसल माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् । 

जिल्लामा सयपत्रीको माला बिक्रीको चलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भए पनि रुकुम पश्चिममा भने प्लास्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा बर्सेनि ठूलो मात्रामा प्लास्टिकका माला खपत हुने गरेको छ । प्लास्टिकका बाहेक फूलका माला पाइँदैन । जिल्लामा फूलको मालाको बजार नरहेको व्यापारी बताउँछन् ।

फूलका माला छिट्टै बिग्रिने भएकाले प्लास्टिककै माला बढी किनमेल हुने गरेको व्यापारी बताउँछन् । तिहारमा मालासँगै ढाकाको टोपीको पनि उत्तिकै माग हुने गरेको खलङ्गा बजारमा कस्मेटिक पसल चलाउँदै आएकी गीता पोख्रेलले  बताइन्  । तिहारका लागि माला र ढाका टोपी बुटवल, दाङ लागयतका ठाउँबाट ल्याएर बिक्री गर्ने गरेको उनले बताइन्  । 

यस्तै बागबजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी  रिमा मल्लले पनि पलास्टिकका मालाको माग धेरै रहेको बताइन् । “फूलको व्यावसायिक उत्पादन नुहुँदा तिहारमा प्लास्टिककै मालाको भर पर्नुपरेको छ”, उनले भनिन् । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु हुनसकेको छैन् । 

सरकारले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्लास्टिकजन्य मालाको बिक्री वितरण नगर्न र गरेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्ने सूचना जारी गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending