काठमाडों । नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका लागि संघर्षशील नेतृ अन्जना विशंखेलाई मैदानमा उतारेको छ । काठमाडौंमै जन्मी हुर्की मुलुक परिवर्तनको आन्दोलनमा होमिएका विशंखे एक परिचित नाम हो ।
विशंखेको जन्म २०३१ साल असार २८ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका- १० सतुङ्गलमा भएको थियो ।
नेपालको वामपन्थी आन्दोलनमा समाहित महिला दलित उत्पीडित जातीजनजातिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सदैव अग्रमोर्चामा रहने विशंखेले ३ वर्ष शिक्षण पनि गरेकी थिइन् । स्नातक तहसम्म अध्ययन गरेकी उनलाई नेपाली, अंग्रेजी, हिन्दी, नेवारी भाषाको ज्ञान छ ।
विशंखेले जनएकता साप्ताहिकको स्तम्भकारका रूपमा पनि कलम चलाइन् । विभिन्न पत्रपत्रिकाहरूमा उनका थुप्रै लेख रचनाहरू प्रकाशित छन् । चीन, बंगलादेश, श्रीलङ्का, भारत, अमेरीका, ब्राजिल, सिंगापुरको भ्रमण गरेकी विशंखेमा ती देशको जस्तै विकास र समृद्धी नेपालमा पनि ल्याउने हुटहुटी छ । सोही उद्देश्य पूर्तिका लागि आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् ।
विशंखेले वि। सं। २०४५ सालमा नेकपा मालेनिकट अखिल नेपाल महिला सघंबाट राजनीतिक जीवन सुरु गरेकि थिइन् । उनी २०४७ मा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्य, २०४८ अनेरास्ववियु पद्मकन्या कलेजको उपाध्यक्ष, २०४८ अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गरिन् ।
विशंखे २०५३ मा पूर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलनमा होमिएकी हुन् । २०५४ अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य, २०५६ नेकपा (एकता केन्द्र) को एरीया समिति, २०५७ मा जिल्ला समिति सदस्य हुदै २०५७ अखिल नेपाल महिला संघ महासचिव भइन् ।
नेकपा (एकता केन्द्र मसाल) पार्टीको २०५७ देखि २०५९ सम्म चितवन जिल्ला समिति सदस्य तथा पूर्वी क्षेत्रीय समिति इन्चार्ज भएकी विशंखे २०५९ मा नेकपा (एकता केन्द्र) की केन्द्रीय सदस्य भइन् । केन्द्रीय सदस्य भएपछि २०५९ देखि २०६३ सम्म मकवानपुर जिल्ला समिति सेक्रेटरी बनिन् ।
ऐतिहासिक २०६२र६३ को जनआन्दोलनमा काठमाडौंमा विशंखे घाइते तथा गिरफ्तार भइन् । उनी नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकतापछि २०६४ मा एनेकपा माओवादीकी केन्द्रीय समिति सदस्य बनिन् ।
२०६४ देखि २०७० भोजपुरा राज्य समिति सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा २०७३ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सचिवालय सदस्य बनिन् ।
२०७१ सालमा अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासंघको फ्र्याक्सन इन्चार्ज बनेकी विशंखे २०७३ देखि २०७४ सम्म प्रदेस नं ३ को कार्यालय सदस्यसँगै ललितपुर जिल्ला इन्चार्ज र २०७४ मा सम्पर्क समितिको फ्र्याक्सन इन्चार्ज भइन् ।
२०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकता भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला सह(ईन्चार्ज बनिन् । २०७८ मा नेकपा विभाजनपछि विशंखे माओवादी केन्द्रको छोटो समय बागमती प्रदेश समिति सचिव बनिन् ।
विशंखे २०७८ मा भएको नेकपा माओवादी केन्द्रको महाधिवेसनबाट स्थायी समिति सदस्यसहित बागमति प्रदेश सह ईन्चार्ज बनिन् ।
उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य बनिसकेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - ०९:१४
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...
चैत्र १६ गते, २०८२ - ०९:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...
चैत्र १६ गते, २०८२ - ०८:२५
काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...
चैत्र १६ गते, २०८२ - ०८:१९
काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...
चैत्र १६ गते, २०८२ - ०८:१७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...
चैत्र १६ गते, २०८२ - ०८:१५
सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...
चैत्र १६ गते, २०८२ - ०८:१२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
चैत्र १६ गते, २०८२ - ०८:०९
रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...
चैत्र १६ गते, २०८२ - ०८:०२
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...
चैत्र १६ गते, २०८२ - ०७:४६
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...



प्रतिकृया लेख्नुहोस्: