लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताए । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको गृहमन्त्री खाणले बताए । “खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ”, मन्त्री खाणले युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आज आयोजना गरेको कार्यक्रममा भने, “पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।”
निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने उहाँको दाबी थियो । “पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उनले भने, “निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँछौँ ।”
राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उनीहरुको सम्मान गर्नुपर्नेमा उनले जोड दिए । उनले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत बताए । “हामीले राम्रा अन्तर्राष्ट्रिय रङ्गशाला बनायौँ र यहाँ ठूला खेल आयोजना गयौँ भने विदेशी खेलाडी यहाँ खेल्न आउनु हुन्छ”, उनले भने, “खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।”
उनले नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुसी र गौरवको विषय भएको बताए । “अहिले खेलिरहनुभएका खेलाडी मात्रै होइन, पूर्वखेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागि पर्नेछौँ, गठबन्धनले यसतर्फ ध्यान दिनेछ”, उनले बताएल, “सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।”
कार्यक्रममा गृहमन्त्री खाणले खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहोर्याए । कयौँ विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रुपन्देहीले उल्लेखनीय टेवा पु¥याएको स्मरण गर्दै गृहमन्त्री खाणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने बताए ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले मुलुकलाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र खेल क्षेत्र नै भएको भन्दै खेलाडीलाई कुनै किसिमको अभाव हुन नदिन र बाँचुञ्जेल उनीहरुको सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्न ध्यान दिने बताए । यसका लागि आफूहले प्रदेश र सङ्घ सरकारसँग पहल गर्ने पूर्वमन्त्री पाण्डेयले बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सागर पुनले खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट बेहोर्नुपरेको, रोजगारी नभएर भौतारिनुपरेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु परेको गुनासो गरे । उनले यी सबै समस्या समाधानका लागि पहलकदमी गर्न गृहमन्त्री खाणसँग अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: