खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।
राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुने गरी ३५ दिने समयसीमा तोकेको हो ।
अलपत्र योजनाका काम ३५ दिनभित्र पुनः सुरु नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेलगायतका कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन्।
“राज्यले करोडौँको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन”, उनले भने, “निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो हठर छ । संयमतापूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नुपर्नेछ ।”
नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा यटोजनाको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। नगरप्रमुख भट्टराईले सार्वजनिक गर्नुभएको विवरणानुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडकअन्तर्गत नुनथलाको महुरेबाट राजापानीको सिम्पानी सडक कालोपत्र, अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला–दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ ।
दोर्पाको पङ्खुखोला पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक ढलान÷कालेपत्र, भुते–आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति, हाँटडाँडा काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नति, भालुखोला र मेवाखेला पुल, दिक्तेलबजार ढलानलगायतका काम पनि अलपत्र छ । जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुईतले प्रशासनिक भवन, तीनतले प्राविधिक भवन, विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपूरो छ ।
प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाबाटै सञ्चालन गर्ने गरी माटिकोरे खेलमैदान निर्माणको काम नै सुरु भएको छैन । गत वैशाख २९ गतेदेखि सुरु भई १८ महिनामा खेलमैदान निर्माणको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म सुरु नभएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकामा जनप्रतिनिधिको भूमिका सक्रिय नभएको गुनासो आउन थालेको छ । अस्तव्यवस्त अवस्थामा रहेको यातायात व्यवस्थापन, बिचौलिया तथा कालोबजारी नियन्त्रणलगायतमा जनप्रतिनिधिको भूमिका नदेखिएको आरोप आउन थालेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: