खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।
राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुने गरी ३५ दिने समयसीमा तोकेको हो ।
अलपत्र योजनाका काम ३५ दिनभित्र पुनः सुरु नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेलगायतका कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन्।
“राज्यले करोडौँको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन”, उनले भने, “निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो हठर छ । संयमतापूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नुपर्नेछ ।”
नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा यटोजनाको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्। नगरप्रमुख भट्टराईले सार्वजनिक गर्नुभएको विवरणानुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडकअन्तर्गत नुनथलाको महुरेबाट राजापानीको सिम्पानी सडक कालोपत्र, अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला–दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ ।
दोर्पाको पङ्खुखोला पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक ढलान÷कालेपत्र, भुते–आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति, हाँटडाँडा काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नति, भालुखोला र मेवाखेला पुल, दिक्तेलबजार ढलानलगायतका काम पनि अलपत्र छ । जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुईतले प्रशासनिक भवन, तीनतले प्राविधिक भवन, विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपूरो छ ।
प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाबाटै सञ्चालन गर्ने गरी माटिकोरे खेलमैदान निर्माणको काम नै सुरु भएको छैन । गत वैशाख २९ गतेदेखि सुरु भई १८ महिनामा खेलमैदान निर्माणको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म सुरु नभएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकामा जनप्रतिनिधिको भूमिका सक्रिय नभएको गुनासो आउन थालेको छ । अस्तव्यवस्त अवस्थामा रहेको यातायात व्यवस्थापन, बिचौलिया तथा कालोबजारी नियन्त्रणलगायतमा जनप्रतिनिधिको भूमिका नदेखिएको आरोप आउन थालेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: