कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो मङ्गलबार भएको हो ।
गण्डकीले थप दुई रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।
नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो । रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो सेटले जित्यो । अशिम शेरचन, गङ्गा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले पुसिलको टिमलाई ३–० स्कोरले जित्नुभएको हो । तेस्रो स्थानमा रहेको एपीएफले सुदूरपश्चिमलाई पराजित ग¥यो ।
रिकर्भ मिक्स टिमतर्फ गण्डकीले एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । एपिएफको विराट थापा र गीता खत्रीको जोडीलाई गण्डकीका गङ्गा कुँवर र रोजिना थापा मगरको जोडीले ४–२ स्कोरले पराजित गर्नुभएको हो । आर्मीले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । कम्पाउण्ड मेन टिम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो ।
योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टिमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो । स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा विक, सरु तमाङ, खड्गकुमारी थापा मगर र तुलसी थापा मैदानमा उत्रनुभएको थियो ।
यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै कास्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुष्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेल्नुभएको थियो । स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा विक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुष्का शेरचन खेल्नुभएको थियो । एपीएफले प्रदेश १ लाई हराउँदै कास्य जित्यो ।
कम्पाउण्ड मिक्स टिममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदूरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो । स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सूदरपश्चिमलाई सोझो तीन सेटमा हरायो । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । आर्चरीमा अन्तिम दिन आज ६ वटा स्वर्णका लागि खेल हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: