Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

प्रचण्डले चितवन ३ छाडेर मैदानमा उतारेका डाक्टर, जसलाई एमालेले मैदान छाड्यो

कांग्रेसको पूर्ण समर्थन, जो चितवनवासीको मनमनमा छन्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली राष्ट्रिय राजनीतिमा 'बोल्ड' निर्णय गर्ने नेताको रूपमा चिनिन्छ । प्रचण्डले पटक(पटक गरेका त्यस्तै ठूला निर्णयले मुलुकले निकास मात्र पाएको छैन व्यवस्था नै परिवर्तन पनि भएको छ ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी प्रतिनिधित्वलगायतको सुनिस्चितता प्रचण्डको तिनै बोल्ड निर्णयका परिणाम हुन् ।

यसपटक पनि प्रचण्ड किन चुक्थे र ? आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार तयार गर्दा प्रचण्डले यसपटक पनि त्यस्तै बोल्ड निर्णय गरे । उनले चितवनका एक अब्बल र जनताको बीचमा लोकप्रीय डाक्टरलाई उम्मेदवार बनाउँदै आफूले निर्वाचन क्षेत्र नै छाडेर गोरखा पुगे ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चितवन ३ बाट डा. भोजराज अधिकारीलाई मैदानमा उतारेको छ । डा. अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाट मैदानमा उतारेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने गोरखाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

प्रचण्डको त्यो उद्घोष

त्यसो त प्रचण्डले यसपटक अब्बल र कसैले पनि नसोचेको उम्मेदवारलाई चुनावी मैदानमा उतार्ने उद्घोष यसअघि नै गरिसकेका थिए ।

केही समय पहिले काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले बालेन (काठमाडौं महानगरपालिकाका मेयर) भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उम्मेदवार अघि सार्ने उद्घोष गरेका थिए ।

‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौँ । तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ' प्रचण्डले भनेका थिए, 'सबैले साथ दिन सक्ने, अनि यो त ठीक छ भन्ने खालको मान्छे ल्याउँछौँ ।’

नभन्दै प्रचण्डले त्यस्तै अब्बल डाक्टरलाई आफ्नो निर्वाचन क्षेत्र चितवन ३ को मैदानमा उम्मेदवार बनाए अनि आफूचाहिँ गोरखाबाट उम्मेदवार बने ।

प्रचण्डले सबैको साथ पाउने उम्मेदवारको खोजीमा छौँ भनेपछि धेरैले त्यो पात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुन सक्ने आँकलन पनि गरे । उनी माओवादीबाट उम्मेदवार बन्दैछन् भन्ने चर्चा पनि सुनियो । तर, घिसिङलाई माओवादीले उम्मेदवार बनाएको छैन ।

त्यसो त माओवादीको सरकारले नै घिसिङलाई पहिलोपटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यसबेला जुनियर घिसिङलाई कार्यकारी निर्देशक बनाएको भन्दै आलोचना पनि नभएको होइन । 

तर, प्रचण्डको दरिलो साथ पाएपछि घिसिङले मुलुकमा विद्यमान १८ घण्टाको लोडसेडिङ मात्र हटाएनन् अर्बौं घाटामा गएको प्राधिकरणलाई चुहावट रोक्दै नाफामा पुर्‍याए ।

चितवनबासीको मनमनमा बसेका भोजराज

डा। भोजराज अधिकारी चितवनबासीको मनमनमा बसेका चिकित्सक हुन् । उनी गठबन्धनबाट चितवन- ३ मा माओवादी केन्द्रका उम्मेदवार भएपछि चितवनबासीले उनीप्रति निकै आत्मियता देखाएको माओवादी केन्द्रका जिल्ला नेताहरू बताउँछन् ।

कतिसम्म भने चुनावी अभियानअन्तर्गत भोट माग्दै हिँडेका डा. अधिकारीलाई चितवनका स्थानीयले पहिला आफ्नो रिपोर्ट देखाएर स्वास्थ्य सल्लाह माग्छन् ।

'पहिले यो मेरो रिपोर्ट चैँ हेरिदिनुस्‌ न डाक्टरसाब, तपाईं उठेपछि भोट त दिइहाल्छम् नि!' चुनावी अभियानमा चितवनका मतदाताले डा। अधिकारीलाई गरेको आग्रह सम्झँदै माओवादीका जिल्ला नेता भन्छन्, 'उहाँ चिकित्सकका रूपमा जनतामा पूरै भिज्नुभएको छ । जनतासँग धेरै भावनात्मक र आत्मीय सम्बन्ध छ ।'

एमालेले मैदान छाड्यो

चितवन ३ को मैदानबाट नेकपा एमाले पछि हटेको छ । चितवन ३ बाट नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो । तर, उनको उम्मेदवारी एमालेले फिर्ता गराएको छ ।

एकातर्फ एमालेले उम्मेदवारी फिर्ता गराएको र अर्कातर्फ कांग्रेससहित सत्ता गठबन्धनको साथ पाएपछि माओवादीका उम्मेदवार डा. भोजराज अधिकारी ुसेफ जोनुमा रहेको स्थानीयहरू बताउँछन् ।

त्यसो त चितवन ३ मा कांग्रेसको बागी उम्मेदवारी पनि परेको छ । तर, बागीलाई पार्टीले कारबाही गर्ने भएको छ । जसका कारण चितवन कांग्रेसको मत पनि आफूले पाउने डा। अधिकारी बताउँछन् । सोही कारण आफूले चुनाव जित्नेमा उनी निर्धक्क सुनिन्छन् ।

'गठबन्धनको मत त आउँछ नै । गठबन्धनभन्दा बाहिरको मतदाताहरूसँग पनि मेरो आत्मियता छ । उहाँहरूले पनि मलाई नै मत दिनुहुन्छ भन्नेमा ढुक्क छु' अधिकारी भन्छन् ।

त्यसो त स्थानीय चुनावको मतभार हेर्दा पनि चितवन( ३ मा गठबन्धन निकै अगाडि छ । त्यसमाथि अधिकारीको व्यक्तिगत लोकप्रियताका कारण यो मत थप बढ्ने माओवादीका जिल्ला नेताहरू बताउँछन् ।

को हुन् अधिकारी ?

डा. भोजराज अधिकारीको जन्म वि.सं. २०३६ सालमा चितवनको तत्कालीन कुरिनटार गाविसको कमेरेको एक विपन्न परिवारमा भएको हो । बाबु एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीको छैटौँ सन्तानका रूपमा उनको जन्म भएको हो ।

उनी १ वर्षका हुँदा उनको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका- २२ मा बसाई सर्‍यो ।

पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट उनको प्राथमिक शिक्षा सुरु भयो । पटिहानीकै अमर माविबाट २०५२ मा अधिकारीले विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरे । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थी थिए उनी । सधैँ विद्यालय टप गर्थे । कक्षा ५ र ८ को परीक्षामा उनले चितवन जिल्ला टप गरे ।

अधिकारीले एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट २०५४ सालमा प्रथम श्रेणीमा आईएससी गरे । अनि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पतालबाट एमबीबीएस गरे ।

त्यसपछि अधिकारीले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट सुरू गरे । सोही मेडिकल कलेजबाट काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन (फिजिसियन) मा एमडी गरे ।

एमडी अध्ययन गर्दागर्दै उनले लोकसेवामार्फत सरकारी चिकित्सकको रूपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बने । त्यो उनको पहिलो सरकारी सेवा थियो ।

त्यसपछि अधिकारीले पुरानो मेडिकल कलेजबाट विशिष्टिकृत सेवा सुरु गरे । एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उनकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलोपटक मिर्गौलाको डायलायसिस सेवा सुरु भएको थियो ।

अधिकारी १७ वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत छन् । पछि उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भए । माओवादीले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएपछि अस्पताल अध्यक्षको पदबाट राजीनामा दिएर अधिकारी चुनावी मैदानमा होमिएका छन् ।

१७ वर्षसम्म स्वास्थ्य सेवामा सक्रिय रहँदा अधिकारीले धेरै चितवनबासीको उपचार गराएका छन् । धेरैलाई स्वास्थ्य सल्लाह दिएका छन् । अनि धेरैलाई निको बनाएर घर फर्काएका छन् ।

उनी राजनीतिक रूपमा २०५२ मै संगठित भएका थिए । त्यतिबेला उनले नेकपा ९मशाल०को सदस्यता लिएका थिए । हाल अधिकारी माओवादी केन्द्रनिकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रीय सचिव छन् । अस्पताललाई जनताकोमा पुर्‍याउने उनको सपना छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...

बुढीगंगाका मतदाता भेटघाटमा शेखर

विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...

दैलेखबाट कति ग्यास निकाल्न सकिन्छ ? नेपालमा नयाँ सरकार कुर्दै चीन

काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...

आजदेखि एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी फिल्डमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...

निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE