Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जुम्लावासीलाई विपद्ले वर्सेनि पीडा थपिरहन्छ

खबरडबली संवाददाता

जुम्ला । पोहोर सालको क्षतिको पीडा नसकिँदै यस वर्ष पनि तिला गाउँपालिका–४ जुम्लावासीलाई विपद्ले अझ बढी पीडा थपेको छ । विसं २०७८ असोज ३०, ३१ र कात्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले यहाँका घरतली, तडा, नारा, गाडापारी, बुँगारा, सिमज्यूला लगाइएको सयौँ मुरी अन्नबाली क्षति ग¥यो ।

उक्त बाढीले धानबालीमा मात्र क्षति गरेन, वर्षौँदेखि उपभोग गर्दै आएका खेतीयोग्य जमिन बगरमा परिणत भए । यस वर्ष पनि तिलावासीमाथि विपद्ले वितण्डा मच्चायो । यही असोज १९–२४ गतेसम्मको अविरल वर्षाले तिला गाउँपालिका–४ साँपुल्ली गाउँवासीको घरबारी हेर्दाहेर्दै बगर बन्यो । अविरल वर्षाका कारण असोज २३ गते आएको भीषण बाढीबाट यहाँका बासिन्दाको ज्यान त जोगियो तर घरबारी बच्न सकेन ।

बाढीले १५ घरमा क्षति पुगेको छ । क्षतिग्रस्तस्थलको अवलोकन भने जिल्ला विपद् व्यवस्थापन समितिले नगरेको पीडितहरूले दुःखेसो पोखेका छन् । बाढीले घर भत्काएपछि विस्थापित भएका परिलाल विकले गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायले सामान्यतः हेरफेर गरे पनि जिल्लाबाट कोही पनि नआएको र राहत पनि उपलब्ध नभएको गुनासो गरे ।

“बस्ने बास छैन, खाने गाँसको पनि त्यस्तै सङ्कट छ”, उनले भने, “तर पनि हाम्रा निम्ति सरकार बेखबरजस्तै छ ।” अर्का बाढीपीडित शेरबहादुर शाहीले खोला किनारमा बस्दा ज्यान जोखिम हुँदै गएको बताउँदै अब नयाँ बसाइ गर्नुपर्ने अवस्था आएको जनाए । यता दत्तबहादुर शाहीले बाढीको कुरुप दृश्य देखेको दिनबाट छोरी राति पनि तर्सिने र झर्किने गर्न थालेको जनाए ।

सोही वडाकै ९९ वर्षीया बाढीपीडित स्थानीय महिला कालु शाहीले जीवनमा यस्तो बाढी पहिलोपटक देखेको र यसले आफ्नो घर र जग्गा जमिनमा क्षति पु¥याएर उठीबास बनाएको बताइन् । “म अब सय वर्ष पुग्दैछु तर पनि जन्मेदेखि यस्तो बाढी कहिल्यै देखेको थिइनँ”, शाहीले भनिन्, “मर्ने बेलामा यस्तो के नराम्रो देख्नुप¥यो भन्ने कुराले मलाई दुःखित् बनाएको छ ।”

यस वर्षको बाढीले साँपुल्ली गाउँका मात्र करिब दुई सय परिवार प्रभावित भएका छन् । तिला गाउँपालिका १–९ वडाका खेतीयोग्य जमिन, सिँचाइ कुलो, विद्यालय भवन, स्वास्थ्यचौकी, विद्युत्गृह, कुटानी–चिरानी तथा पिसानी मिल, परम्परागत घट्ट, शीतभण्डार, पशुवस्तु, अन्नबालीमा ठूलो क्षति गरेको छ । यसबाट करोडौँको क्षति भएको तिला गाउँपालिकाका अध्यक्ष रोकायले जानकारी दिए ।

“क्षति यकिन गर्न विषयगत कार्यालयलाई क्षतिग्रस्तस्थलमा पुगेर वास्तविक क्षतिको यकिन तथ्याङ्क ल्याउन निर्देशन दिएका छौँ”, उनले भने, “त्यहीँका आधारमा स्थानीय सरकारले राहतका लागि आवश्यक पहल चाल्छ ।” विपद्ले भौतिक ठूलो क्षति भए पनि मानवीय क्षति नभएको उनले बताए । अध्यक्ष रोकायका अनुसार विपद्बाट विस्थापितलाई पुनःस्थापनाका लागि पहिलो जोड दिइनेछ । 

पछिल्लो समयमा नदी, खोला, भिरालो जमिन र पहाडको फेदमुनि बसालिएका बस्ती उच्च जोखिममा रहेको पाइन्छ । ती बस्तीको स्थानान्तरण, एकीकृत बस्ती विकासमा जोड र वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै डोजर लगाउने कार्यमा नियमन गर्न सकेमात्र जनधनको क्षति कम हुने प्राविधिक जीतबहादुर सिंहले बताए । उनका अनुसार यसका लागि स्थानीय सरकारले प्रभावकारी नीति बनाएर अगाडि बढ्नुपर्दछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending