हङकङ । हङकङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङको २०औँ साधारणसभाका अवसरमा सङ्कलन भएको रु ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो ।
मोना हङकङका अध्यक्ष कर्ण पुनले मङ्गलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे। हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब रु तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए ।
कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पुर्याउँदै आएको बताए । हालसम्म दुई सय ६५ जनाको उपचारमा सघाएको पुनले बताए ।
हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उनको उपचार अभियानमा सङ्कलन भएर बचत भएको रु १३ लाख रकमबाट उनकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो ।
रु तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु एक करोड ४३ लाख सङ्कलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरी आठ सय ३० जनाले आजीवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र नौ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।
मोना हङकङले सङ्कलन गरेको उक्त रकम जुटाउन हङ्कङमा रहेका १५ म्याग्देलीले प्रतिव्यक्ति रु दुई लाख सहयोग गरेका थिए । उक्त अवसरमा अक्षयकोषमा रु दुई लाख सहयोग गरी व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...
माघ ५ गते, २०८२ - ०७:३०
गुण्डा नाइके चक्रे मिलनलाई दियो टिकट
माघ ५ गते, २०८२ - ०७:१८
काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनज...
माघ ५ गते, २०८२ - ०७:१५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा...
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...




प्रतिकृया लेख्नुहोस्: