रुपन्देही । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् । यस्तै रोचक मनोनयन भएको छ रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएको पाइएको छ । नेकपा ९माओवादी केन्द्र०का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ । यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले जानकारी दिए । यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै नेकपा ९एमाले०को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले पनि यसै क्षेत्रबाट सोही पदको लागि उम्मेदवारी दिएका छन् । एमाले, राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन बनाइ बोहराले उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभा सदस्य पदकै लागि हाम्रो नेपाली पार्टीबाट प्रख्यात बञ्जाडे, जनमत पार्टीबाट प्रमोदकुमार राउत, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिब अलि मुसलमान, गान्धावादी पार्टी नेपालबाट लालबहादुर रानाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीतबहादुर गुप्ता तेली, नागरिक उन्मुक्ति पार्टीबाट तुलसीप्रसाद थारु र मङ्गोल नेशनल अर्गानाइजेशनबाट तेजकुमारी आलेले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपा नेपालबाट सरस्वती धोबी नेपाल र नेपाल मजदूर किसान पार्टीबाट सरु विकले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यकै लागि निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा ईमदाद हुसेन खाँन, ईशरान अली फकिर, केशव विक्रम खड्का, गुडिया पथरकट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्रबाट नै घनश्याम भट्टराई, जीवकान्त काफ्ले, देवराज न्यौपाने, नबाब मुसलमान, नरेशबहादुर क्षेत्री, नारायणप्रसाद शर्मा, रमेश गैरे, राजीव शाही र शिव मल्लको उम्मेदवारी परेको कोइरालाले बताए । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ १२ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये चार जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रदेशसभा सदस्य ‘ख’ बाट पनि १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसमध्ये चारजना स्वतन्त्र उम्मेदवार भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: