Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

रुपन्देहीमा बाबुछोरा चुनावी मैदानमा

खबरडबली संवाददाता

रुपन्देही । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । 

आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् । यस्तै रोचक मनोनयन भएको छ रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिएको पाइएको छ । नेकपा ९माओवादी केन्द्र०का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय ईमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुबै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ । यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले जानकारी दिए । यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै नेकपा ९एमाले०को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले पनि यसै क्षेत्रबाट सोही पदको लागि उम्मेदवारी दिएका छन् । एमाले, राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन बनाइ बोहराले उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभा सदस्य पदकै लागि हाम्रो नेपाली पार्टीबाट प्रख्यात बञ्जाडे, जनमत पार्टीबाट प्रमोदकुमार राउत, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिब अलि मुसलमान, गान्धावादी पार्टी नेपालबाट लालबहादुर रानाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीतबहादुर गुप्ता तेली, नागरिक उन्मुक्ति पार्टीबाट तुलसीप्रसाद थारु र मङ्गोल नेशनल अर्गानाइजेशनबाट तेजकुमारी आलेले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपा नेपालबाट सरस्वती धोबी नेपाल र नेपाल मजदूर किसान पार्टीबाट सरु विकले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यकै लागि निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा ईमदाद हुसेन खाँन, ईशरान अली फकिर, केशव विक्रम खड्का, गुडिया पथरकट्टले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै स्वतन्त्रबाट नै घनश्याम भट्टराई, जीवकान्त काफ्ले, देवराज न्यौपाने, नबाब मुसलमान, नरेशबहादुर क्षेत्री, नारायणप्रसाद शर्मा, रमेश गैरे, राजीव शाही र शिव मल्लको उम्मेदवारी परेको कोइरालाले बताए ।  निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ १२ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये चार जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रदेशसभा सदस्य ‘ख’ बाट पनि १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसमध्ये चारजना स्वतन्त्र उम्मेदवार भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending