Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

निर्वाचन निष्पक्ष र भयरहित हुन्छः मन्त्री कार्की

खबरडबली संवाददाता

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। 

आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका उनले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्व र आर्थिक स्थिरता कायम हुने बताए।

अबको सरकारले देशबाट बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने उनले बताए।

संविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको उनले बताए।

आफू निर्वाचित भएको यस क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउने काममा लागेको र अब फेरि पनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको मन्त्री कार्कीले बताए।

आफू भाषणमा मात्रै नभई दस्तावेजसहित यथार्थमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने उनले बताए।

शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात सहितका क्षेत्रका कामहरूलाई पूर्णता दिनका लागि काम गर्ने मन्त्री कार्कीले उल्लेख गरे।

प्रतिनिधि सभामा आफ्नो पाँच वर्षे कार्यकाल अन्तर्गत विश्व नै कोरोना महामारीका कारण डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समय आफूले राम्रो काम गरेको दाबी पनि उनको थियो। 

उनले कांग्रेस सरकारले नागरिकका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने बताए।

मन्त्री कार्कीले आफूहरूले गरेको कामको अध्ययन गरी सही मूल्यांकन गरिदिन नेपाली जनतालाई आग्रह गर्दै आगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा स्पष्ट धारणाका साथ जनताका घरदैलैमा भेटघाट गर्न आफू जाने पनि  बताए।
 
आगामी निर्वाचनमा आफू विजयी भएसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीको सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको मन्त्री कार्कीले बताए।

अघिल्लो निर्वाचनमा पनि विजयी बनेका मन्त्री कार्कीले दोस्रोपटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गरिने

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...

प्रतिशोध होइन, शाक्यजीकै सहमतिमा सरुवा गरेको हो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...

धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending