Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

चितवनमा जीत सुनिश्चित हुँदा पनि प्रचण्ड किन रोजे गोरखा-२ ?

खबरडबली संवाददाता

काठमाडौं । मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट उम्मेदवार बनेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ लिएर प्रचण्डले आइतबार गोरखा पुगेर उम्मेवदारी दर्ता गरे।

उम्मेदवारी दर्तापछि उनले भने, ‘गोरखा मेरो लागि सुपरिचित ठाउँ हो। मैले यहाँ बसेर युवा अवस्थामा अध्यापन गरेको पनि हो। पार्टी केन्द्रीय कार्यालय राखेर जनयुद्धको पहिलो अभ्यास गरेको पनि यही हो।’

पार्टीको तर्फबाट चुनाव जितेर डा. बाबुराम भट्टराई अर्थमन्त्री र आफ्नो पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गृहजिल्ला पनि भएकाले आफूलाई सहज भएको बताए। 

‘पहिला म रोल्पा, काठमाडौं, सिराह हुँदै चितवनबाट चुनाव लडे। देशको सबै क्षेत्रमा घुमेर चुनाव लड्ने नेपालको इतिहासमा म मात्रै होला। गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ’ उनले भने, ‘गठबन्धनको तर्फबाट निर्वाचनमा जादैछौँ। गठबन्धनमा कुनै समस्या छैन। संविधान र राष्ट्र निर्माणमा गठबन्धन बनाएका थियौँ।’

२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए। यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए। पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन निरन्तर दवाव दिएपछि अन्तिम समयमा प्रचण्डले चितवन छोडेर रोजेका छन्।

२०६४ को निर्वाचनदेखि ३ पटकका निर्वाचनमा ४ ठाउँबाट प्रतिस्पर्धा गरेका प्रचण्डले कुनै पनि क्षेत्र दोहो¥याएका छैनन्। २०६४ चैत्रको पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० बाट विजयी भएका थिए। तर, २०७० को निर्वाचनमा प्रचण्डले पूरानो निर्वाचन क्षेत्र छोडेर सिरहा–५ रोजेका थिए।

२०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि प्रचण्डले चितवन–३ रोजेका थिए। चितवन–३ बाट भारी मतले विजयी भएका उनले जिल्लाको विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका माओवादी केन्द्रले जितेको छ, जहाँ महानगरको अधिकांश भूभाग प्रचण्डको निर्वाचन क्षेत्रभित्र पर्दछ। तर, जीत सुनिश्चित हुँदाहुँदै पनि उनले अन्तिममा चितवन छोडेर गोरखा रोजेका छन्।

नेपालका शीर्ष नेतामध्ये प्रचण्ड भावुक स्वाभावका नेता मानिन्छन्। १० वर्षको सशस्त्र द्वन्द्वको नेतृत्व गरेका उनले जनताका हजारौं छोराछोरीको बलिदानीकै कारण देशमा संघीय गणतन्त्र आएको भन्दै बलिदानीको उच्च सम्मान हुनुपर्नेमा जोड दिँदै आएका छन्।

गोरखा पनि त्यस्तो जिल्ला हो, जहाँ प्रचण्डले स्वयंले शिक्षकको भूमिकामा रहेर क्रान्तिकारी संगठन निर्माण गरेका थिए। जनयुद्धको पहिलो योजनासमेत गोरखा बैठकले निर्माण गरेका कारण यस जिल्लामा प्रचण्डको विशेष अनुराग रहेको मानिन्छ। 

जनयुद्धको क्रममा सबैभन्दा पहिला मारिने दिलबहादुर रम्तेलदेखि पार्टीको शीर्ष नेताबाट मारिने सुरेश वाग्लेसम्मका नेता गोरखाकै हुनुले पनि माओवादीका निम्ति गोरखा विशेष महत्वको जिल्ला मानिन्छ।

२०७४ को चुनावमा गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई निर्वाचित भएका थिए। भट्टराईले यसपटकको निर्वाचनमा गोरखाबाट प्रचण्ड नै चुनाव लड्नुपर्ने प्रस्ताव राखेका थिए। 

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत गोरखा–२ बाट चुनाव लड्नसक्ने आंकलन गरिएको थियो। तर, डा. भट्टराईले चुनाव नलड्ने घोषणा गरेका र श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण नेताहरूकै जोडबलमा प्रचण्ड गोरखाबाट लड्न लागेका हुन्। 

प्रचण्ड राष्ट्रिय नेता भएकाले सधैं एउटै क्षेत्रबाट चुनाव लड्न नहुने अभिमत माओवादीभित्र बलियो देखिन्छ। पछिल्लो ५ वर्षमा चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्डले प्रत्येकपटकको निर्वाचनमा अलग अलग ठाउँबाट चुनाव लडेर सबै क्षेत्रहरूलाई समान दृष्टिले हेर्ने सन्देश दिनुपर्ने मान्यताअनुसार उनी गोरखा–२ बाट लड्न लागेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको थियो। गोरखामा एक्लै लड्दा पनि माओवादीको जनाधार बलियो देखिएको र गठबन्धनबाट चुनाव लड्दा देशभरिको चुनावी अभियानलाई कमाण्ड गर्न प्रचण्डका लागि सहज हुने नेताहरू बताउँछन्। स्थायी समितिका अधिकांश नेताहरूले गोरखा–२ बाट चुनाव लडेर देशभरिको चुनावी कमाण्ड गर्नु राम्रो हुने सुझाव दिएपछि अन्ततः उनले गोरखा–२ रोजेका हुन्।

जनयुद्धको कमाण्डर

निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचन लड्दै छन् । प्रचण्ड माओवादी केन्द्रका मात्रै होइन प्रचण्ड नेपाल राष्ट्रका नेता हुन् । 

नेपालको इतिहासमा सबैभन्दा लामो शसश्त्र जनयुद्वमार्फत २४० वर्षे सामन्ती एकात्मक राजतन्त्रको अन्त्य गरि नेपालमा गणतन्त्र स्थापना गर्न सफल प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पिता हुन् । त्यतिमात्र होइन २०६३ सालमा प्रचण्डकै शुरू भएको शान्ति प्रक्रियाको एकमात्र जिवित हस्ताक्षरकर्ता पनि प्रचण्ड हुन् । 

प्रचण्डकै नेतृत्वमा शान्ति प्रक्रिया विश्वकै नमुना बन्दै अगाडि बढिरहेको छ र निश्कर्षमा पुग्दैछ । त्यसैले प्रचण्ड क्रान्ति र शान्तिका नेतृत्वकर्ता र प्रतिक हुन् । प्रचण्ड नेपाली जनताका अभिभावक हुन् । उनले नेपाली जनताको चाहना अनुरूप सशस्त्र जनयुद्धमा पनि पटक पटक एकतर्फी युद्वविराम गरि शान्तिमा रूपान्तरण गरेका हुन् । 

प्रचण्डकै नेतृत्वमा जनयुद्धले समावेशी, सामाजिक न्यायसहितको समतामुलक समाजको चित्र कोरेको थियो । प्रचण्डले हिमाल पहाड र तराईका आदिवासी जनजाति र लिंगिय, जातिय, क्षेत्रीय उत्पीडनमा पारिएका सबै नेपाली जनताको पक्षमा लगातार आवाज उठाए, उनीहरूको अधिकार सुनिश्चित हुनेगरी संविधानसभाबाट संविधान निर्माण गरे र नयाँ नेपालको निर्माण गरे । 

आफ्नो नीजि पारिवारिक जिवनलाई तिलाञ्जली दिंदै राष्ट्र र जनताको पक्षमा जे गर्दा हित हुन्छ त्यही गर्न प्रचण्ड तयार भए । राजनीतिक रूपमा, कुटनैतिक रूपमा प्रचण्डले हरेक पटक साहसिक र दुरगामी महत्त्वका निर्णय गर्दै आएका छन् । त्यसैले प्रचण्ड गतिशिल र डाइनामिक नेता हुन् । प्रचण्ड नेपाल र नेपालीका साझा प्रतिनिधि हुन् ।

निर्वाचन क्षेत्र 

प्रचण्डले पहिलो संविधानसभाको निर्वाचन २०६४ मा जनक्रान्तिको केन्द्र रोल्पा र देशको राजधानी काठमाडौंबाट प्रतिनिधित्व गरे । त्यसले जनयुद्व र जनआन्दोलनको फ्युजन गर्ने मात्रै होइन जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न भुमिका खेल्यो । 

अध्यक्ष प्रचण्डले दोश्रो संविधानसभा निर्वाचन २०७० मा जनविद्रोह र मधेशविद्रोहको केन्द्र मधेसको सिराहाबाट प्रतिनिधित्व गरे । जसले मधेसीलाई दोश्रो दर्जाको नागरिक बनाउने र मधेसलाई राष्ट्र नमान्ने प्रवृत्ति परास्त गर्न र मधेस र मधेसी जनसमुदायलाई सम्मानित नागरिक र नेपालको महत्त्वपूर्ण भुभागको रूपमा परिचित गराउन भुमिका खेल्यो । 

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको लागि भएको पहिलो आम निर्वाचनमा आफ्नो गृह जिल्ला चितवनबाट प्रतिनिधित्व गरे । जसले चितवनलाई भौगोलिक रूपमा मात्रै नभई विकास र समृद्विको हिसावले पनि अब्बल सावित गर्न भुमिका खेल्यो । 

चितवनलाई साच्चिकै उन्नत, भ्रष्टाचार मुक्त र विकसित शहर बनाउने प्रचण्डले शुरू गरेको योजनाले सार्थकता पाउँदैछ । अध्यक्ष प्रचण्ड संसदवादी नेतृत्वले झैं एउटै निर्वाचन क्षेत्र समातेर कहिल्यै बसेनन् । बरु उनले देशका विभिन्न निर्वाचन क्षेत्रमा गएर त्यहाँका जनताको भावना, मनोविज्ञान, आन्दोलन, विकास र समृद्धिसँग सहकार्य गरे । 

अहिले अध्यक्ष प्रचण्ड नेपाल राज्य निर्माणको अभियान शुरूवातको ऐतिहासिक भूमि, नेपाली जनक्रान्तिको आधारभुमी, माओवादी आन्दोलनको बलियो किल्लाको रुपमा रहेको गोरखामा निर्वाचन लड्दै छन् । प्रचण्ड जहाँ पुग्छन् त्यहाँ शान्ति, विकास र समृद्धिका ढोका खुलिरहेका छन् । 

गोरखाली जनता, तिनका प्रतिनिधिहरु र गठबन्धनका सहयात्री दलहरुले आफ्नो प्रतिनिधिको रुपमा सहभागीता जनाउन गरेको आग्रहलाई स्विकार्दै प्रचण्ड आगामी चुनावमा गोरखाको प्रतिनिधिसभाका दुई क्षेत्र मध्ये क्षेत्र नं २ बाट उठ्दैछन् । उनलाई प्रतिनिधिसभामा विजयी बनाउन गोरखाली मतदाता आतुर देखिएका छन् । 

कास्कीको ढिकुरपोखरीमा विसं २०११ मा जन्मिएका प्रचण्डले १७ बर्षको उमेरमा २०२८ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । तर त्यतिवेला प्रचण्डको बाहिरी परिचय कृषि बिषय पढाउने शिक्षक थियो । शिक्षक पेशासँगै राजनीतिलाई गोरखाबाटै अगाडि बढाएका प्रचण्ड भूमिगत हुनु अघि भीमोदय माविमा पढाउँथे ।  

सो स्कूलमा बिज्ञान, गणित र अंग्रेजी बिषय पनि पढाएको अनुभव छ । कम्पोष्ट मलको खाडल र चर्पी बनाउन सिकाउने भन्दै गाउँ प्रवेश गरी प्रचण्डले गाउँका किसानहरुका वीचमा राजनीतिक चेतना जगाएका थिए । गोरखामा पढाउँदा पढाउँदै प्रचण्ड शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए ।

राष्ट्रको अभिभावक अध्यक्ष कमरेड प्रचण्डलाई ऐतिहासिक जिल्ला गोरखा र गोरखाली जनताको तर्फबाट प्रतिनिधिसभा निर्वाचन २०७९ मा विजय गराउँ । प्रचण्डको नेतृत्वमा गोरखामा शान्ति, विकास र समृद्धिको ढोका खोलौं । भौगोलिक एकीकरण, देशकै पहिला सहिद लखन थापा, जनयुद्धको पहिलो शहादत दिल बहादुर रम्तेल, महिलाद्वारा गरिएको पहिलो जेलब्रेक लगायतका विभिन्न विरासतहरूको जिल्ला गोरखालाई फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित र स्थापित गर्ने भुमिकाबाट नचुकौं ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम...

शीर्ष नेताहरू को कति सुरक्षित?

काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तन...

तीन एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्याल...

बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण

झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी

टी–२० विश्वकप : पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु ग...

रिलमा ‘जल्ने’ तयारीमा थिए सुनील, जीवनले पहिले नै बिदाइ गर्‍यो

काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइर...

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्ष...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना ग...

बैतडीमा ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–०...

तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE