Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खबरडबली संवाददाता

विराटनगर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

कार्यालयको उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले आसत्र निर्वाचन निस्पक्ष, धाँधलीरहित, स्वतन्त्र एवं भयरहित वातावरण सम्पत्र हुने बताए  ।

उनले निर्वाचनका निम्ति मोरङमा तीन सय ६ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहने तथा जिल्लाभरका कुल सात लाख ३५ हजार पाँच सय २५ मतदाताले मतदान गर्ने जानकारी दिए । मोरङमा छ वटा निर्वाचन क्षेत्र छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २३ गते मनोनय दर्ता र सोही दिन सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन र २६ गते मनोनय फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत ढुङ्गेलले बताए ।

मोरङको निर्वाचन क्षेत्र नं ६ मा कुल एक लाख २६ हजार एक सय ६१ मतदाता छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालय स्थापनपछि निर्वाचनको कार्य सुरु हुने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पत्र गर्न निर्वाचन केन्द्रीय सुरुक्षा २०७९ अनुसार जिल्लामा पनि जिल्ला सुरक्षा योजना तयार भएको बताए ।

निर्वाचनका निम्ति मोरङमा निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ का लागि बेलबारी ४ का लागि विराटनगर हृदययेश बालउद्यान, ५ का लागि सुनसरी मोरङ सिँचाई आयोजनाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ का लागि गोपाल थापा, २ का लागि नगेन्द्रकेशरी पोखरेल, ३ का लागि रामहरि शर्मा, ४ का लागि मणिराम पोखरेल र ५ का लागि गणेश नायक निर्वाचन अधिकृत तोकिएको प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending