Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सेवा नै नलिए पनि विद्युत् महसुल तिर्छन्, भक्तपुरका भूकम्पपीडित

\"Electriceti\"भक्तपुर । भूकम्पले घर भत्काएर मिटरबक्स नै पुरिए पनि भक्तपुर नगरपालिका दत्तात्रयका पञ्चबहादुर गुजारीले भने तीन महिनाको जरिवानासहित विद्युत्त महसुल तिरे ।
आज नेपाल विद्युत्् प्राधिकरण भक्तपुर शाखामा आएर महसुल तिर्दै गर्दा भेटिएका गुजारीले भूकम्पपछि विद्युत्् सेवा नै नलिए पनि महसुल भने जरिवानासहित तिर्नुपरेको गुनासो गर्नुभयो । गुजारीमात्रै होइन भूकम्पले घर भत्काएर बत्ती नै नबालेका भूकम्पपीडितलाई सरकारले सेवा नलिएको अवधिको शुल्क मिनाहा नगरेपछि जरिवानासहित विद्युत् महसुल तिर्न यहाँका जनता बाध्य भएका छन् ।

सरकारी सेवा नै नलिए पनि शुल्क तिर्नुपर्ने सरकारी नियमका कारण थप मारमा परेको बताउँदै भक्तपुरका भूकम्पपीडितले सेवा नलिएको अवधिको शुल्क मिनाहा गर्न माग गरेका छन् । महसुल तिर्दै गरेका चाँगुनारायण नगरपालिका– २ छालिङका सुवर्ण वाटाको गुनासो पनि उस्तै छ । भूकम्पले घर भत्किएर मिटर नै पुरिए पनि प्राधिकरणबाट महसुलको बिल गएपछि तीन महिनाको जरिवानासहित महसुल तिर्न आएको बताए । उाले भने – \'सेवा सुविधा नलिएपछि महसुल पनि सरकारले नलिनु पर्ने हो । सरकारले भूकम्पपीडितलाई छुट गर्नुपर्ने रकम पनि छुट गर्दैन । भूकम्पले घर भत्किएपछि बत्ती बालेकै छैन तर महसुल भने तिर्नुपर्छ । सरकारले नै हामीलाई पीडित बनायो ।\' भूकम्पले घर भत्किएपछि अस्थायी शिविरमा बस्दै आउनुभएकी इनाचोकी कृष्णमाया गोथेले पनि महसुल भने तिरेका छन् । भूकम्पले घर भत्किएपछि अस्थायी शिविरमै बस्दै आए पनि विद्युत् महसुल भने तिर्नुपरेको उनले बताए । भक्तपुर खौमाकी प्रमिला रायको गुनासो पनि उस्तै नै छ । भूकम्पले घर भत्किएपछि तीन महिना विद्युत् सेवा नै नलिई साउन पहिलो साता नजिकै टहरामा विद्युत् जडान गर्न माग गर्दा उल्टै थप रकम लिएको उनले बताए । रायले भने– \'भूकम्पपछि बत्ती बालिएन, साउन लागेपछि नजिकै टहरामा भत्किएको घरको लाइन सँगैको टहरामा जोड्न जाँदा पनि जरिवानासहित महसुल र बक्सको पैसा भन्दै थप रु ८०० लियो, छुट कतै छैन ।\' भूकम्पपीडित भएर विद्युत् सेवा नै नलिए पनि पछि विद्युत् जडान गर्न गाह्रो हुने र जरिवाना थपिँदै जाने डरले भक्तपुरका सबै भूकम्पपीडितले सेवा नलिए पनि शुल्क तिर्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका निमित्त प्रमुख लखनलाल साहले भूकम्पपछि विगतमा उठ्न बाँकी महसुलसमेत सङ्कलन भएको बताए । घर भत्किएर विद्युत् सेवा नलिए पनि लगत कट्टा नगर्ने ग्राहकले भने न्यूनतम महसुल तिर्नेपर्ने उनले बताउए । लगत कट्टा गरेका ग्राहकको मिटर सुरक्षित राखिदिएर पछि सोही मिटर जडान गरिदिने भएकाले निःशुल्क जडान गरिदिने व्यवस्था गरेको बताए । भक्तपुर जेलाँका भूकम्पपीडित मोहन प्रजापतिको घर भत्किएपछि प्राधिकरणले नै आएर लाइन काटिदिएको भए पनि न्यूनतम शुल्क भने तिर्नुपरेको बताए । प्राधिकरणका निमित्त प्रमुख साहले भने – \'प्राधिकरणले लाइन काटे पनि ग्राहकले निवेदन दिएर लगत कट्टा नगराएसम्म न्यूनतम शुल्क तिर्नुपर्छ, केहीले लगत कट्टा गराएका छन् । उनीहरुलाई शुल्क लाग्दैन ।\' भूकम्पपीडितलाई महसुलमा छुट दिने माथिल्लो निकायबाट कुनै निर्णय वा निर्देशन आएमा मात्रै छुट दिन सकिने उहाँको भनाइ छ । भक्तपुरमा भने पछि मिटर जडान गर्न झन्झट हुने र थप रकम लाग्ने डरले सेवा नै नलिए पनि धेरैले महसुल भने तिर्दै आएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending