Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

नवौँ राष्ट्रिय खेलकुद: खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

खबरडबली संवाददाता

नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो जिम्मेवारी पूरा गर्नबाट भने चुकिरहेका छन् ।   

कञ्चनपुरबाट सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै ब्याडमिन्टनतर्फ पुरुष र महिला गरी छ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन कञ्चनपुरका ब्याडमिन्टन खेलाडी व्यक्तिगत मेहेनतले मात्रै राष्ट्रिय खेलकुद प्रतियोगितासम्मको यात्रा तय गरेका हुन् । उनीहरूको खेल सामग्रीलगायतको व्यवस्थापनतर्फ न जिल्ला खेलकुद न त प्रदेश खेलकुद परिषद् नै ध्यान दिएको छ । 

“प्रदेशस्तरबाट तीन महिला र तीन पुरुष खेलाडी छनोट भयौँ”, ब्याडमिन्टनका एक खेलाडी भन्छन्, “आ–आफ्नो ठाउँमा तयारी गर्नु भनेका छन्, हामीलाई एउटा कर्कको डिब्बा कहीँबाट उपलब्ध छैन ।” खेलाडी स्वयंले प्रशिक्षक खोज्नुपर्ने अवस्था छ । अभ्यास आफ्नै ढङगले गर्नुपर्ने अवस्था रहेको ती खेलाडीले बताए । प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि जाँदा जिल्ला खेलकुद विकास समितिले यहाँका खेलाडीलाई एक÷एक सेट जर्सी मात्र उपलब्ध गराएको थियो । 

कराते खेलाडीलाई फुटबलको जर्सी उपलब्ध गराएको पाइएको छ । “जर्सी त दिए तर फुटबलको, अरु केही सहयोग मिलेको छैन”, करातेबाट छनोटमा परेका कञ्चनपुरका एक खेलाडीले भने, “हामी नियमित प्रशिक्षणबाट सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ ।” कञ्चनपुरका एक खेलका प्रशिक्षकका अनुसार यहाँ बन्द प्रशिक्षणका कुनै सुरसार छैन । प्रदेश खेलकुदले कुनै सहयोग गरेको छैन । 

“कम्तीमा एक हप्ताको बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने थियो”, ती प्रशिक्षकले भने, “हालसम्म खेलाडीलाई खेलसामग्री उपलब्ध गराएको छैन, बन्द प्रशिक्षणको कुनै टुङ्गो छैन ।” यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीको प्रदेश राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्न नसकेको खेलाडीको गुनासो छ । “एउटा कर्कसमेत नदिने प्रदेशले खेलाडीबाट पदकको मात्रै आश गरेका छन्”, एक खेलाडीले भने, “यो भन्दा लाजमर्दो कुरा अरु के हुनसक्छ ।”

सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रदेशस्तरमा सहभागी हुने खेलाडीलाई जिल्लास्तरबाट कहीँ ट्रयाकसुट कतै जर्सीको व्यवस्था गरिएको छ । “खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन”, एक प्रशिक्षकले भने, “बोल्दा विरोधी भइएला भन्ने डर ।”

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले यही असोज २२ गतेदेखि यहाँका खेलाडी नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्र्ने बताए । “बन्द प्रशिक्षणलगायत व्यवस्थापन प्रदेशले गर्ने हो ।” उनले भने, “बन्द प्रशिक्षणको विषयमा छलफलमात्रै भएको छ ।” प्रदेश छनोटका बेला खेल सामग्री पाएको उनको भनाइ छ । 

नवौँ राष्ट्रियका लागि सुदूरपश्चिम प्रदेशबाट छ सय १५ खेलाडी सहभागी हुने भएका छन् । गत भदौ ३१ गतेदेखि धनगढी र कञ्चनपुरका विभिन्न स्थानमा खेलाडी छनोट गरिएको थियो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट दुई सयभन्दा बढी खेल प्रशिक्षक र व्यवस्थापक सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुनेछ । प्रदेशस्तरको छनोटमा यहाँ दुई हजार पाँच सय ३६ खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए ।

सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रतियोगिताबाट छनोट गरिएका  छन् भने हक्की, जुडो, करातेलगायत खेलमा सोझै छनोट गरिएको सिंहले बताए । सदस्यसचिव सिंहका अनुसार फुटबल, भलिबल, क्रिकेटलगायत सामूहिकरूपमा खेलाइने खेलका लागि एक हप्ताको बन्द प्रशिक्षण हुने र व्यक्तिगत खेलाइने खेलका लागि भने बन्द प्रशिक्षण नहुने भएको छ ।

“चाडपर्वको समय छ, धेरैजसो खेलाडी पर्व मनाउन घर गइसकेका छन्, बन्द प्रशिक्षणका लागि हामीसँग समय कम छ”, सिंहले भने, “बाँकी प्रतियोगिता सहभागिताको सबै तयारी भइसकेको छ ।” प्रदेश खेलकुदका लागि प्रदेश सरकारले रु चार करोड, प्रदेश खेलकुद परिषद्ले  रु ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख उपलब्ध गराएको सदस्यसचिव सिंहले जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending